8 years ago
April 21, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका भरपर्दा डिफेन्डर रविन श्रेष्ठले हिजो घुँडाको चोटको शल्यक्रिया गरेका छन्। चैत १५ गते फिलिपिन्सविरुद्ध एसियन कप छनोट चरणअन्तर्गत समूहको पहिलो खेलका दौरान उनको घुँडामा चोट लागेको थियो ।
फाइल तस्बिर
मेडिकल भाषामा ए.सी.एल. च्यातिएको भनिने सो भाग फुटबलमा भैरहने घुँडाको चोट हो| शल्यक्रियासंगै रविनले कम्तिमा सात महिना आराम गर्नुपर्नेछ। गत महिना फिलिपिन्स विरुद्ध एएफसी एसियन कपको छनोट चरण अन्तर्गत मनिलामा पहिलो खेल खेल्दा अन्तिम समयमा चोट बोकेका रविनले त्यसयता विश्राम लिएका थिए।
नेपालले जितेको बंगबंधु गोल्ड कप र एएफसी सोलिडारिटी कपमा महत्वपूर्ण भूमिका निभाएका रविन हाल नेपाल पुलिस क्लबमा आवद्ध छन्। नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दले पनि यसै चोटका कारण गत साल पुरै विश्राममा बस्नु परेको थियो। रोहितले १४ महिनापछि फिलिपिन्सविरुद्धकै खेलबाट राष्ट्रिय टोलीमा पुनरागमन गरेका थिए।
हाम्रो खेलकुद डट कम टोली रविनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ!
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]