9 years ago
October 13, 2015
रेडबुल राष्ट्रिय लिग अन्तर्गत आज भएको खेलमा थ्रि स्टारले ए.पि.एफ विरुद्ध ३-१को जित दर्ता गरेको छ|
ओलावाले अफिजको पहिलो हाफको दुई गोलको मद्दतले थ्रि स्टारले उपाधि होडमा आफ्नो स्थान मजबुत बनाउन सफल रह्यो| अफिजले खेलको पाचौं मिनेटमा गोल गर्दै थ्रि स्टारलाई अग्रता दिलाएका थिए| विभागिय टोलीका अधिकाशं खेलाडीलाई पहिलो रोजाईमा उतारेको ए.पी.एफले २४औं मिनेटमा अफिज मार्फतमै दोश्रो गोल खायो|
पहिलो हाफमा केहि फितलो देखिएको ए.पि.एफले दोश्रो हाफमा राम्रो सुरुवात गर्यो| कप्तान गणेश लावतिले काउन्टर अट्याकमा गोल गर्दै ५०औं मिनेटमा गोल फर्काए| खेलमा बारम्बार राम्रो मुभ बनाइरहेको ए.पि.एफलाई ६७औं मिनेटमा विजय गुरुङको गोलसंगै खेलमा फर्कन गाह्रो भयो| अन्तत त्यहि गोल अन्तिम साबित भयो र थ्रि स्टार उपाधिबाट एक अंक टाढा रह्यो|
मनाङ र आर्मीले पुलिस विरुद्ध जित हात पारेपनि थ्रि स्टारले अन्तिम खेलमा एक अंक हात पारे उपाधि जित्नेछ| थ्रि स्टार र आर्मीको खेलमा थ्रि स्टार हेड टु हेडमा अवे गोलका आधारमा अगाडी छ|
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]
April 10, 2025
सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएलमा ललितपुर सिटी एफसी र चितवन एफसीबीचको खेल जारी छ । पहिलो हाफको समाप्तीमा ललितपुरले १-० को अग्रता बनाएको छ । उसको लागि इमोह इजेकियलले गोल गरे । दशरथ रङ्गशालामा आज चितवन तेस्रो जित निकाल्दै शीर्षस्थानमा कायमै रहने दाउमा छ । ललितपुर भने दोस्रो जितको खोजीमा छ। आज […]