default_image

10 years ago

August 17, 2015

यु १९ खेल्ने अन्तिम टोली घोषणा

172 views

0 Bookmark

अखिल नेपाल फूटबल संघ एन्फा ले विमल घर्तीमगरको कप्तानीमा साफ यु १९ खेल्ने अन्तिम टोली घोषणा गरेकोछ ।

साफ यु १९ खेल्ने अन्तिम टोली घोषणा

साफ यु १९ खेल्ने अन्तिम टोली घोषणा

सोजित गुरुङ, रोमन रसाइली र देवराज लिम्बु गोलकिपरको रुपमा टोलिमा छनोट भएका छन् । डिफेन्डरहरुमा अनन्त तामाङ, अमित तामाङ, छिरिङ गुरुङ, आकाश थापा, दिनेश राजवंशी, सुदन थापा र गौरव बुढाथोकीले राष्टिय टिममा स्थान बनाएका छन् । त्यसैगरी हेमन्त थापा मगर, कमल श्रेष्ठ, दोन थापा, तेज तामाङ, किरन सुनार, विश्वास श्रेष्ठ र सुमन लामा मिडफिल्डमा रहनेछन् ।

यस्तै कप्तान विमल घर्तीमगरसहित सुनिल बल,  अन्जन विष्ट, सुजित गुरुङ, शिव सुवेदी र जनोम मान लिगल स्ट्राइकरका रुपमा छनोट भएका छन् । बाल गोपाल महर्जन प्रमुख प्रशिक्षक रहेको टोलिमा सुनिल श्रेष्ठ प्रशिक्षक, मृगेन्ऽ मिश्र गोलरक्षक प्रशिक्षक छन् । टोलीमा दिवाकर घले व्यवस्थापक रहेको एन्फाले जनाएको छ । काठमाण्डौमा प्रतियोगीता आगामी भदौ ३ गते शुरु हुादै छ ।

April 30, 2025

सुर्खेत जिल्ला फुटबलमा नयाँ नेतृत्व

काठमाडौं (हाम्रो खेलकुद)- सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारण सभाले दीलिप बस्याललाई अध्यक्ष निर्वाचित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। सुर्खेत जिल्ला फुटबल संघ लामो समयदेखि विवादित रहँदै आएको थियो। मंगलवार बसेको विशेष साधारण सभाले तत्कालिन अध्यक्ष रविन्द्र चन्दविरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदमुक्त गरेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको […]

April 30, 2025

पिएसजीसँग आर्सनलको हार

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई १-० ले हराएको छ। इमिरेट्स स्टेडियममा मंगलवार भएको खेलमा ओउस्मान डेम्बेलेले गोल गर्दै पिएसजीलाई महत्त्वपूर्ण अग्रता दिलाए। डेम्बेलेले चौथो मिनेटमा गोल गर्दै दिलाएको अग्रतालाई पिएसजी जोगाउन सफल रह्यो । दोस्रो हाफमा खुट्टाको चोटका कारण डेम्बेले मैदान छाड्नु परेको थियो। उनले जारी सिजनमा […]

April 29, 2025

एपिएफ महिला फुटबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल (एपिएफ) प्रथम बागमती प्रदेश मुख्य मन्त्री कपको सेमिफाइनलमा प्रवेश गरेको छ। नुवाकोटको बट्टारमा जारी‌ प्रतियोगिताको आज भएको क्वाटरफाइनलमा पदमा स्पोर्टस क्लबलाई ४-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । एपिएफको जितमा अनिता केसीले २ तथा रश्मि कुमारी घिसिङ र गीता रानाले समान १ गोल गरे। खेलको ११ औं […]

Success

Thank you for your time.