10 years ago
October 13, 2015
रेडबुल राष्ट्रिय लिग अन्तर्गतको खेलमा आज थ्रीस्टारले ए.पी.एफको सामना गर्दैछ|
सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको एष्ट्रो टर्फ मैदानमा हुने खेलमा थ्रीस्टार जित हात पारे शिर्ष स्थानमा जानेछ भने अंक गुमाएको खण्डमा उपाधि होडमा आर्मी र मनाङलाई केहि फाइदा हुनेछ| ए.पी.एफ. भने सुदुरसंग हार ब्येहोरेसंगै लिग उपाधि होडबाट बाहिरिसकेको छ| थ्री स्टारका लागि यस खेलमा कप्तान सागर थापाले दुइ खेलपछि पुनरागमन गर्ने छन् भने सन्दिप राई दोहोरो पहेंलो कार्डका कारण मैदानमा उत्रने छैनन्| सागरलाई एन्फाको अनुशासन कमिटीले आर्मीबिरुद्धको खेलमा रेफ्रीलाई अपशब्द प्रयोग गरेको भन्दै एक खेल निलम्बन गरेको थियो भने दोहोरो पहेंलो कार्डका कारण एक खेल गुमाएका थिए|
शिर्ष तिन स्थानबाट आफुलाई टाढा बनाइसकेका प्रशिक्षक कृष्ण थापाको टोलीमा आज जङ्गबु शेर्पा देखिने छैनन्| सुदुर बिरुद्धको खेलमा उनले जारी लिगको दोश्रो पहेंलो कार्ड खाएका थिए| यस्तै डिफेन्डर मन बहादुर तामाङ सुदुर बिरुद्धको खेलमा बिमल घर्ति मगरको ट्याकलले गर्दा घाइते भएका कारण यस खेलमा उपस्थिति जनाउने छैनन्|
सन्तोष शाहुखल सम्पर्कबिहिन रहेको र अमर डंगोल र अफीजले चोट बोकेको अवस्थामा थ्री स्टारका प्रशिक्षक राजेन्द्र तामाङले एक स्ट्राइकर मात्र उतार्न सक्नेछन| २८ अंक बोकेर दोश्रो स्थानमा रहेको थ्री स्टारले २९ अंक भएको आर्मी भन्दा एक खेल कम खेलेको छ| आर्मी र थ्री स्टार समान अंक भएको खण्डमा हेड-टू-हेडका आधारमा थ्री स्टार माथि हुनेछ|
April 10, 2025
सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएलमा ललितपुर सिटी एफसी र चितवन एफसीबीचको खेल जारी छ । पहिलो हाफको समाप्तीमा ललितपुरले १-० को अग्रता बनाएको छ । उसको लागि इमोह इजेकियलले गोल गरे । दशरथ रङ्गशालामा आज चितवन तेस्रो जित निकाल्दै शीर्षस्थानमा कायमै रहने दाउमा छ । ललितपुर भने दोस्रो जितको खोजीमा छ। आज […]
April 10, 2025
सुनिल गाउँले,सिमरा ए डिभिजन टोली हिमालयन शेर्पा क्लब १५ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ। आयोजक नवजनजागृति युवा क्लब सिमरालाई २–१ ले हराउँदै स्तब्ध हिमालयन शेर्पा उपाधि नजिक पुगेको हो। सिमरा रंगशालामा फ्लड लाईटमा भएको खेलमा झन्डै १० हजार घरेलु समर्थकलाई निराश पार्दै हिमालयन शेर्पाले अर्को ए डिभिजन टोली मच्छिन्द्र फुटबल क्लबसंगको भेट […]