default_image

8 years ago

April 21, 2017

म्यानचेस्टर युनाईटेड युरोपाको सेमिफाइनलमा

166 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – युरोपा लिगको क्वार्टरफाइनल खेलको दोश्रो लेगमा म्यानचेस्टर युनाईटेडले एन्द्रेलेविरुद्ध २-१को जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

युनाईटेडको घरेलु मैदान वर्ल्ड ट्राफर्डमा भएको खेलको १०औं मिनेटमा हेनरिक मिखितार्यानले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर, ३२औं मिनेटमा सोफियाने हान्नीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

गतसाता बेल्जियममा भएको पहिलो लेगको खेल १-१को बराबरीमा समाप्त भएको थियो। निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त ३० मिनेटतर्फ धकेलिएको थियो।

खेलको १०७औं मिनेटमा मराउन फेलाइनीको पासलाई सदुपयोग गर्दै मार्कय र्यासफर्डले गोल गरेपछि युनाईटेडले खेलमा अग्रता लिएको थियो।  दुवै टोलीबाट थप गोल नभएपछि युनाईटेडले समग्रमा ३-२को जित दर्ता गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित पारेको थियो।

यसैगरी लियोनले बेसिक्टासलाई सडन डेथमा हराउँदै सेमिफाइनल पुग्यो। आयाक्स पनि साल्कालाई समग्रमा ४-३ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्यो। सेल्टा भिगोे जेन्कलाई ४-३ले पराजित गर्दै सेमिमा पुग्ने चौथो टोली बनेको हो।

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.