default_image

10 years ago

October 13, 2015

राष्ट्रिय लिगको उत्कृष्ट डिफेन्डरका तिन दावेदार

145 views

0 Bookmark

राष्ट्रिय लिग अन्तर्गत प्रत्येक पोजिसनका उत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरुप बाइक दिने प्रावधान रहेको छ| यसै पुरस्कार प्राप्त गर्न लिगमा रहेका डिफेन्डरहरुको दावेदारी के-कस्तो छ त?

Best Defenders National league 2072

१. अनन्त तामाङ – सुदुर पश्चिम फुटबल क्लब

एन्फा एकेडेमीका अनन्तले बिगत एक बर्षमा धेरै सफलता हात पारेका छन्| उनले यु-१९ टोलीलाई साफ उपाधि दिलाउने देखि राष्ट्रिय टोलीमा सुरुवाती रोजाइमा परेर भारत बिरुद्ध मैत्रीपुर्ण खेलमा राम्रो प्रदर्शन गरे| लिगमा सुदुरपश्चिमक लागि मुख्य डिफेन्डर रहेका उनले तिन गोल गर्नुका साथ साथै तिन ओटा ‘म्यान अफ द म्याच’ हात परेका छन्| अनन्तको अनुपस्थितिमा सुदुरले खेलेको दुइ खेलमा एकमा छ, अर्कोमा तिन र आर्मी बिरुद्ध अनन्त चोट बोकेर निस्केपछि सात गोल खाएको थियो| सुदुरको डिफेन्सका खम्बा रहेका उनले यो लिगमा निकै राम्रो प्रदर्शन गरेर धेरै प्रसंशा पाएका छन्|

 

२. जितेन्द्र कार्की – त्रिभुवन आर्मी क्लब

आर्मी क्लब जारी लिगमा सबैभन्दा कम गोल खाने टोलि हो| आर्मीको अहिलेसम्म खेलेका १५ मध्य जम्मा एक खेल गुमाएका कार्कीले टोलीको डिफेन्सलाई राम्रोसंग नियन्त्रण गर्नुका साथै खेल पनि देखाए| एन.आर.टि बाट ए डिभिजन खेलेका कार्की आर्मीमा भर्ति भइसकेका खेलाडी हुन्| राष्ट्रिय टोलीको छनोटमा अन्तिम २३मा पर्न असफल रहेका कार्कीले मिहेनत गरेर टोलीमा पर्ने लक्ष्य राखेका छन्| कहिले युद्ध शाही त कहिले बिकाश तामांग, जोसुकै डिफेन्समा पार्टनर भएपनि कार्कीले राम्रो सहकार्य गरेका थिए|

 

३. रञ्‍जित धिमाल – थ्री स्टार क्लब

मछिन्द्र बाट थ्री स्टार आएका रंजित यसअघिका क्लबमा विंगस बाट खेल्थे, तर थ्री स्टार आएसंगै लेफ्ट ब्याक खेलेका उनले छोटो समयमै राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा परे| जारी लिगमा थ्री स्टारको लेफ्ट डिफेन्समा राम्रो प्रदर्शन गर्दै गरेका रञ्‍जित राष्ट्रिय टोलीमा रबिन श्रेष्ठ घाइते भएको अवस्थामा आफ्नो खेल देखाउन तत्पर छन्| डिफेन्समा हतपत नचुक्ने धिमाल आक्रमक रुपमा पनि बिपक्षी टोलीका लागि निकै खतरनाक हुने गर्छन|

राष्ट्रिय लिगका उत्कृष्ट गोलकिपरका दावेदार

राष्ट्रिय लिगका उत्कृष्ट मिडफिल्डरका दावेदार

April 10, 2025

चितवनलाई हराउँदै ललितपुर शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]

April 10, 2025

वालिङ महिला फुटबलको फाइनलमा

सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको‌ ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]

April 10, 2025

पहिलो हाफमा ललितपुरलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएलमा ललितपुर सिटी एफसी र चितवन एफसीबीचको खेल जारी छ । पहिलो हाफको समाप्तीमा ललितपुरले १-० को अग्रता बनाएको छ । उसको लागि इमोह इजेकियलले गोल गरे । दशरथ रङ्गशालामा आज चितवन तेस्रो जित निकाल्दै शीर्षस्थानमा कायमै रहने दाउमा छ । ललितपुर भने दोस्रो जितको खोजीमा छ। आज […]

Success

Thank you for your time.