8 years ago
April 20, 2017
म्याड्रिड (एजेन्सी)– लिभरपुल फुटबल क्लबले ट्रान्सफर विन्डोको सुरुवातसंगै रियल म्याड्रिडका युवा मिडफिल्डरलाई एनफिल्ड भित्राउन सम्भावना बढेको छ । लिभरपुलका प्रशिक्षक योर्गन क्लप रियलबाट मार्को एसेन्सियोलाई किन्न इच्छुक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
यसघि रियल कै हामेस रोड्रिग्वेजसंग जोडिएको लिभरपुलले एसेन्सियोलाई भित्राउन रियललाई ४२ मिलियन पाउन्ड (करिब ६ अर्ब नेपाली रुपैयाँ) सम्म खर्च गर्न तयार रहेको बताइएको छ ।
रियलले २ बर्षअघि एसेन्सियोलाई हाल स्पेनिस लिगको दोस्रो डिभिजन खेलिरहेको डिपोर्टिभो मार्लोकाबाट झन्डै ३ मिलियन पाउन्डमा किनेको थियो ।
ग्यारेथ बेल चोटको कारण मैदान बाहिर रहँदा मौका पाएका एसेन्सियोले राम्रो प्रदर्शन गरेपछि उनी क्लपको नजरमा परेका हुन् । रियलका लागि २९ खेलमा उनले ९ गोल गर्दै ३ गोलमा असिस्ट पनि गरेका छन् ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]