8 years ago
April 20, 2017
बार्सिलोना (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनल चरणको दोश्रो लेगको खेलमा बार्सिलोना र युभेन्टसले गोलरहित बराबरी खेलेपछि घरेलु टोली बार्सा प्रतियोगिताबाट बाहिरिएको छ।
बार्साको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको हो। घरेलु टोली केहि आक्रमक देखिएपनि पाएको अवसरको सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुंगिएको थियो।
टुरिनमा भएको पहिलो लेगमा ३-०को शानदार जित हात पारेको युभेन्टस समग्रमा जित दर्ता गराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
यसैगरी बुधबारनै भएको अर्को खेलमा घरेलु टोली मोनाकोले बोरुसिया डर्टमुण्डलाई ३-१ ले पराजित गर्यो। पहिलो लेगमा ३-०को विजय प्राप्त गरेको मोनाको समग्रमा ६-३ले विजयी रहँदै सेमिफाइनलमा पुग्यो।
यसअघि मंगलबार भएको खेलमा रियल म्याड्रिडले बायर्न म्युनिखलाई हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो। एट्लेटिको म्याड्रिड पनि लेष्टर विरुद्धको जितसंगै सेमिफाइनलमा पुगेको छ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]