default_image

8 years ago

April 19, 2017

बायर्नलाई हराउँदै रियल म्याड्रिड सेमिफाइनलमा

231 views

0 Bookmark

म्याड्रिड(एजेन्सी) – युरोपेली च्याम्पीयन्स लिग अन्तर्गत मंगलबार राती भएको खेलमा विजयी हुँदै घरेलु टोली रियल म्याड्रिड सेमीफाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा २-१को जित दर्ता गरेको म्याड्रिडले मंगलबारको खेलमा बायर्नले पुनरागमन गर्दै अतिरिक्त समयतर्फ तानेपछि अतिरिक्त संयको ३ गोलको मद्दतले जित दर्ता गरेको थियो।

निर्धारीत समयको खेल २-१मा बायर्नको पक्षमा रहेपछि खेलमा ३० मिनेटको अतिरिक्त समय खेलिएको थियो। खेलको ५३औं मिनेटमा बायर्नले पेनाल्टीमार्फत गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। क्यासेमिरोले रोबेनलाई बक्सभित्र लडाएपछि बायर्नले पेनाल्टी पाएको थियो। लेवान्डोस्कीले पेनाल्टीमा कुनै गल्ती नगरेपछि बायर्नको आशा जागेको थियो। तर, ७६औं मिनेटमा क्यासेमिरोको क्रसमा हेडरमार्फत उत्कृष्ट गोल गर्दै क्रिस्टियानो रोनाल्डोले म्याड्रिडलाई खेलमा पुन फर्काए।

  1. खेल बराबरीमा आएको २ मिनेट नबित्दै सर्जियो रामोसले आत्मघाती गोल गरेपछि बायर्न खेलमा अघि बढ्यो। डिफेन्स र गोलरक्षकको तालमेल नमिल्दा भएको हास्यास्पद गोलले खेललाई समग्रमा बराबरीमा ल्याएको थियो। निर्धारीत समयको ५ मिनेट खेल बाँकी हुँदा आर्टुरो भिडाल दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।

१० खेलाडीमा सिमित बायर्नले अतिरिक्त समयमा ३ गोल खाएपछि समग्रमा ६-३को हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरियो। क्रिस्टियानो रोनाल्डोले १०५औं मिनेटमा सर्जियो रामोसको पासलाई सदुपयोग गर्दै म्याड्रिडलाई अग्रता दिलाएका थिए भने त्यसको पाँच मिनेटपछि मार्सेलोको पासमा अर्को गोल गर्दै खेलमा ह्याट्रिक पुरा गरे। मार्को एसेन्सियोले ११२औं मिनेटमा गोल गर्दै प्रतियोगिताको सेमिफाइनलमा रियलको नाम सुनिश्चित पारेका थिए।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.