8 years ago
April 18, 2017
मड्रीड (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबार बायर्न म्युनिख र रियल म्याड्रिडबीच क्वार्टरफाइनल चरणको दोश्रो लेगको खेल हुँदैछ। पहिलो लेगमा २-१को महत्वपूर्ण अवे जित हासिल गरेको रियल यहाँ सुखद नतिजा निकाल्दै सेमिफाइनल पुग्ने दाउमा हुनेछ भने बायर्न खेलको नतिजा उल्टाउने प्रयासमा उत्रनेछ।
पहिलो लेगमा २ गोल गरेका क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिडको लिग अन्तर्गतको खेलमा विश्राम गरेका थिए। उनीसंगै प्रशिक्षक जिदानले मुख्य खेलाडीहरुलाई स्पोर्टिंगसंगको खेलमा मैदानमा उतारेका थिएनन्। चोटका कारण ग्यारेथ बेल उपस्थित हुन नसक्ने पक्का भएको छ र उनको ठाउँमा इस्कोले मौका पाउन सक्नेछन्। इस्कोले उत्कृष्ट प्रदर्शन गर्दै स्पोर्टिंगसंगको खेलमा म्याड्रिडलाई जित दिलाएका थिए। म्याड्रिका लागि डिफेन्डरद्वय राफेल भारान र पेपे चोटका कारण विश्राममा छन्।
उता बायर्नको लागि पनि डिफेन्डरहरुको चोट टाउको दुखाइको विषय बनेको छ। नियमित डिफेन्डर म्याट्स हमल्स चोटका कारण खेल्न नसक्ने हुँदा हाभी मार्टीनेज प्रतिबन्धका कारण खेल्न पाउने छैनन्। काँधको चोटका कारण पहिलो लेग गुमाएका फरवार्ड रोबर्ट लेवान्डोस्की भने खेल्न सक्ने सम्भावना बढेको छ।
म्याड्रिड र बायर्नबिचको पछिल्लो ६ खेलमा म्याड्रिडले ५ खेलमा जित हासिल गरेको छ। म्याड्रिडले च्याम्पियन्स लिगमा आफ्नो पछिल्लो १३ खेलमा हार व्येहोरेको छैन।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]
March 17, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]