default_image

8 years ago

April 18, 2017

आर्सनलको कठिन जित

109 views

0 Bookmark

एजेन्सी – इङ्गलिस प्रिमिएर लिग अन्तर्गत सोमबार राती भएको खेलमा आर्सनलले मिडल्सब्रोलाई २-१ ले पराजित गरेको छ। दुवै हाफमा १/१ गोल गरेको आर्सनलले महत्वपूर्ण अवे जित दर्ता गरेको हो।

खेलको ४२औं मिनेटमा एलेक्सिस स्यान्चेजको गोलमा अग्रता लिएको आर्सनलले पहिलो हाफमा १-० को अग्रता कायम गरेको थियो। तर, दोश्रो हाफको सुरुवात तिर अल्भारो नेग्रेडोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। घरेलु टोलीका नेग्रेडोले ५०औं मिनेटमा स्टेवार्ट डाउनिङको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।

तर, ७१औं मिनेटमा आरोन राम्जेले उपलब्ध गराएको बललाई मेसुट ओजिलले कुनै गल्ति नगरी गोलमा परिणत गरेपछि आर्सनल खेलमा अगाडी बढेको थियो। खेलमा थप गोल हुन नसकेपछि आर्सनल २-१ले विजयी भएको थियो।

जितसंगै आर्सनलको ३१ खेलमा ५७ अंक भएको छ र उत्तिनै अंक बोकेको म्यानचेस्टर युनाईटेड भन्दा १ स्थान तल छैठौंमा रहेको छ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.