default_image

8 years ago

April 17, 2017

पाँचथर गोल्डकप- पथरी स्पोर्टिङ क्लब अन्तिम चारमा

84 views

0 Bookmark

दिपक बोहोरा

पाँचथर- पथरी स्पोर्टिङ क्लब फिदिममा जारी प्रथम पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम उच्च माविको खेल मैदानमा सोमबार भएको खेलमा नेपाल प्रहरी पूर्वाञ्चललाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै पथरी स्पोर्टिङ क्लबले अन्तिम चारमा स्थान पक्का गरेको हो । पथरीको जितमा कृष्ण राईले दुई तथा साइमन लिम्बु र दिपक राई एक–एक गोल गरे ।

एकपक्षीय बनेको खेलमा पथरीले आठौं मिनेटमा साइमन लिम्बुको गोलबाट अग्रता लिएको थियो । ४० अ‍ैं मिनेटमा कृष्ण राईले गोल गर्दै पथरीको अग्रता दोब्बर पारे । पुलिसका गोलरक्षक निकै अगाडी बढेको अवस्थामा कृष्णले गोल गरेका हुन् । दोस्रो हाफको ४९ औं मिनेटमा पथरीका लागि कृष्ण राईले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । ६३ औं मिनेटमा दिपक राईले गोल गर्दै पथरीलाई जित दिलाए । पथरीविरुद्ध पूवौञ्चल प्रहरीले कुनै दवाव सिर्जना गर्न सकेन । पथरीका दीपक राई खेलको म्यान अफ दि म्याच घोषित हुदै नगद २००० रुपैंया प्राप्त गरे । पथरीले अब फाइनल प्रवेशका लागि ६ गते एपिएफ पुर्वाञ्चलसँग खेल्नेछ ।

खेलपछि हाम्रोखेलकुदसँग कुरा गर्दै नेपाल प्रहरी पुर्वाञ्चलका प्रशिक्षक जितेन्द्रकुमार शाहले आफ्नो खेलाडीले राम्रो प्रर्दशन गर्न नसक्दा हार भोग्नु परेको बताए । ‘फाइनल पुग्ने लक्ष्यका साथ पाँचथर आएपनि खेलमैदानको अनुभव नहुदा पराजित हुन पुग्यो ।’ प्रशिक्षक शाहले भने । यता विजयी टोली पथरीका प्रशिक्षक दिपक पुलामीले आफ्ना खेलाडीले सोचेअनुरुप प्रर्दशन गर्दा सहज जित हात पार्न सकेको बताए । सेमिफाइनलमा एपिएफ पूर्वाञ्चललाई डम्बर स्मृति गोल्डकपमा पराजित गरिसकेकाले टिम फाइनल पुग्नेमा ढुक्क रहेको प्रशिक्षक पुलामीले थपे ।

प्रतियोगिता अन्तर्गत मंगलबार बिर्ता युनाइटेड र मिसन युनाइटेड ताप्लेजुङबीच खेल हुनेछ ।

May 2, 2025

ब्रेन्टफोर्डसँग नटिङ्घम फरेस्टको हार

एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ‌। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो।‌ सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]

May 2, 2025

युरोपा लिगमा टोटेनहमलाई सफलता

एजेन्सी – टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ । नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ । टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ […]

May 2, 2025

युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले‌ हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ। शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो […]

Success

Thank you for your time.