default_image

8 years ago

April 17, 2017

मोउरिन्होले रियल म्याड्रिडका खेलाडी म्यानचेस्टर ल्याउँदै

83 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)- म्यानचेस्टर युनाईटेडका प्रशिक्षक एवं रियल म्याड्रिडका पुर्व प्रशिक्षक जोसे मोउरिन्होले आफु पुरानो क्लबमा छँदा आफैंले ल्याएको खेलाडीलाई म्यानचेस्टर युनाईटेड ल्याउन लागेका छन्

सन् २०११मा मोउरिन्हो रियल म्याड्रिडमा छँदा उनले फ्रान्सका डिफेन्डर राफेल भारानलाई बर्नाबाउ ल्याएका थिए म्याड्रिडको टोलीमा जिनेदिन जिदान प्रशिक्षक भएदेखि भारानले पहिलो टिममा खासै मौका पाएका छैनन् प्रशिक्षक जिदानले पेपे र सर्जियो रामोसलाई मौका दिइरहेको छन् भने नाचो फर्नान्डेज पनि पेपेको अनुपस्थितिमा खेलिरहेका छन्

म्याड्रिडले सहि भाउ आएमा भारानलाई क्लब छाड्न दिने बुझिएको छ स्पेनिस मिडियाले जनाए अनुसार म्याड्रिडले ५० मिलियन युरोमा कुनै क्लब आए भारानलाई बेच्नेछ युनाईटेडलाई हाल डिफेन्डर चाहिएको र आफुले बुझेको खेलाडीलाई भित्र्याउन मोउरिन्हो पनि उत्सुक रहेका छन्

२३ वर्षीय भारानलाई मोउरिन्होले चेल्सीमा छँदा पनि आफ्नो टोलीमा ल्याउन खोजेका थिए तर म्याड्रिडले त्यस समयमा बेच्न चाहेको थिएन

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.