8 years ago
April 17, 2017
म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग आज शीर्ष स्थानको चेल्सीलाई २–० ले पराजित गरेको छ । यो सिजनमा अघिल्ला दुई खेलमा चेल्सीले युनाइटेडलाई हराएको थियो । युनाइटेडले चेल्सीलाई ९ खेलयता पहिलो पटक हराएको छ ।
खेल सुरु हुन अगाडि वार्मअपमा नियमित रक्षक मार्कस ओलन्सो घाइते भएपछि चेल्सीको रक्षापक्ति सुरुआतबाट कमजोर देखिएको थियो । त्यसको फाइदा युनाइटेडले खेलको सुरुआतमै लियो । १९ बर्षीय फरवार्ड मार्कस रस्फर्डले ७औ मिनेटमा गोल गरेका थिए । एण्डर हरेराले दिएको बललाई डेभिड लुइज र गोलकिपर बेगोभिचलाई कुनै मौका नदिई रस्फर्डले गोल गरेका थिए।
। दोस्रो हाफको चौथो मिनेटमा युनाइटेडका लागि हरेराले गोल गर्दै अन्तरलाई दोब्बर पारे । १८ यार्ड बक्स भित्रबाट हरेराले प्रहार गरेको बल चेल्सीका रक्षक जुमालाई लागेर दिशा परिवर्तन हुदै जाली चुमेको थियो । खेलभर चेल्सीले कुनैपनि राम्रो मुभ बनाउन सकेन।
आइतबारकै अर्को खेलमा लिभपुलले वेस्ट ब्रुमविचलाई १–० ले हराउँदै तेस्रो स्थानमा उक्लेको छ । लिगका अन्तिम ६ खेल बाँकी रहँदा शीर्षस्थानको चेल्सी (७५ अंक) को दोस्रो स्थानको टोटेनह्यामको भन्दा ४ अंक बढी छ । ६० अंकसहित युनाइटेड पाँचौं स्थानमा छ भने म्यानचेस्रट सिटी ६४ अंकसहित चौथो स्थानमा छ । सिटीले युनाइटेडले भन्दा एक खेल बढी खेलेको छ । लिभरपुलको ६६ अंक छ ।
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]
May 2, 2025
एजेन्सी – टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ । नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ । टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ […]
May 2, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ। शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो […]