8 years ago
April 16, 2017
काठमाडौं (हाम्रो खेलकुद)– सिएमजी क्लब संकटाले गत बर्ष मोफोसलका सात प्रतियोगितामा जितेको पुरस्कार रकममध्ये ५० प्रतिशत खेलाडीलाई वितरण गरेको छ ।
२०७३ सालमा आयोजित नकआउट प्रतियोगितामध्ये सात वटामा संकटा फाइनल पुगेको थियो भने त्यसमध्ये तीन वटा उपाधि जितेको थियो । टोलीले चितवनको विकास रनिङ शिल्ड, सिमरा गोल्ड कप र तिलोत्तमा गोल्ड कप जितेको थियो । होटल प्लाटेनियममा आइतबार कार्यक्रम आयोजना गरि संकटाले खेलाडीलाई रकम प्रदान गरेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठले बर्ष भर उच्च प्रदर्शन गरेका क्लबलाई बधाई दिदै भविष्यमा पनि त्यस्तै प्रदर्शनको शुभकामना दिए ।
एन्फाको योजनाका बारेमा बोल्दै अध्यक्ष श्रेष्ठले भने,‘हामी चाडै बार्षिक कार्यक्रम सार्वजनिक गर्नेछौं । ए डिभिजन लिग क्यालेन्डरको महत्वपूर्ण कार्यक्रम हुनेछ । लिगका बारेमा उठेका सबै प्रश्नको जवाफ त्यसको आयोजनासँगै टुंगिने छ । ’ सिएमजी क्लबका प्रबन्ध निर्देशक नरेन्द्र शाहले पुरानो क्लब र राणा कालमै स्थापना भएको क्लबको नजिक रहन पाउँदा खुसी लागेको बताए । उनले प्रायोजनले मात्र फुटबल विकास नहुने चर्चा गरे । उनले भने, ‘खेलजीवन पछि उनीहरुलाई रोजगारीको व्यवस्था गर्न कर्पोरेट हाउसले पहल लिनु पर्दछ । देशमा लिग नभएका कारण कति खेलाडी बैदेशिक रोजगारीका लागि गएका छन् । मलाई आशा छ एन्फाले पनि यो विषयमा गम्भिर भएर सोच्ने छ।’ शाहले सफलताका लागि क्लबलाई बधाई समेत दिए ।
सिएमजी क्लब संकटाका अध्यक्ष इन्द्रमान तुलाधरले फुटबल विकासमा सहयोग र साथ दिएकोमा सिएमजी क्लबलाई धन्यवाद दिए । ‘मलाई अहिले पनि याद छ हामीले खेल्दा क्लबको बर्षको बजेट १८ हजार रुपैयाँको हुन्थ्यो । अहिले हामी आफ्नै भवन बनाउने योजनामा छौं । यो बर्ष भरीमा हामीले आफ्नै भवनको सपना पनि पुरा गर्नेछौं । त्यस्तै क्लबले जग्गा किन्न पनि तयारी गरिरहेको छ । ’ संकटाका महासचिव सुरेन्द्र सिख्राकारले सिएमजी क्लबलाई प्रायोजनका लागि धन्यवाद दिए ।
राष्ट्रिय टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंह, बालगोपाल महर्जन , हरि खड्काले क्लबको उच्च प्रदर्शनको प्रशंसा गरे । उनीहरुले चाडै लिग सुरु गर्न एन्फा पदाधिकारीको ध्यानाकर्षण गराए ।
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]
May 2, 2025
एजेन्सी – टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ । नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ । टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ […]
May 2, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ। शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो […]