default_image

8 years ago

April 17, 2017

लिभरपुल प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो

116 views

0 Bookmark

लन्डन (एजेन्सी)– रोर्बेटो फेर्मिनोले सिजनको व्यक्तिगत ११औ गोल गरेपछि प्रिमियर लिगमा आइतबार लिभरपुलले वेस्ट ब्रुमविचलाई १–० ले हराएको छ । पहिलो हाफको इन्जुरी समयमा फेर्मिनोले गरेको गोलनै लिभरपुललाई जित दिलाउन पर्याप्त रह्यो । जेम्स मिल्नरको फ्रिकिकलाई लुकास लिभाले फ्लिक गर्दै मिलाएको बललाई फेर्मिनोले हेडमार्फत गोल गरेका थिए ।

जितपछि ६६ अंकका साथ लिभरपुल तेस्रो स्थानमा छ । अर्को खेलमा म्यानचेस्टर युनाइटेडसँग २–० ले पराजित भएपछि चेल्सी शीर्षस्थानमा यथवात छ ।

३२ खेलमा चेल्सीको ७५, दोस्रो स्थानको टोटेनह्यामको ७१ अंक छ । तेस्रो स्थानका लिभरपुलले शीर्ष दुई टोलीको भन्दा एक खेल बढी खेलेको छ । म्यानेचस्टर सिटी ६४ अंकसहित चौथो र म्यानचेस्टर युनाइटेड ६० अंकसहित पाँचौं स्थानमा छ । वेस्टब्रुम आठौं स्थानमा यथावत छ ।

May 2, 2025

ब्रेन्टफोर्डसँग नटिङ्घम फरेस्टको हार

एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ‌। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो।‌ सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]

May 2, 2025

युरोपा लिगमा टोटेनहमलाई सफलता

एजेन्सी – टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ । नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ । टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ […]

May 2, 2025

युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले‌ हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ। शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो […]

Success

Thank you for your time.