10 years ago
October 12, 2015
राष्ट्रिय लिग अन्तर्गत प्रत्येक पोजिसनका उत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरुप बाइक दिने प्रावधान रहेको छ| यसै पुरस्कार प्राप्त गर्न लिगमा रहेका गोलकिपरहरुको दावेदारी के-कस्तो छ त?
१. विकेश कुथु – त्रिभुवन आर्मी क्लब यसै वर्षमात्र आर्मीसंग आवद्ध भएका विकेश जारी लिगमा सबैभन्दा कम गोल खाने गोलकिपर हुन्| लिगमा सबैभन्दा बढि क्लिन सिट राख्न सफल कुथु यसअघि मध्यपुर र सरस्वतिबाट ए डिभिजन खेल्दै आएका थिए| विकास मल्ल चोटका कारण खेलबाट टाढिएपछि आर्मीले कुथुको साथ पाएको छ| डिफेन्सको भरपुर साथ पाएक विकेश राष्ट्रिय टोलीमा आफ्नो स्थान अझ मजबुत पार्न तत्पर छन्|
२. दिनेश थापा मगर – झापा ११ फुटबल क्लब पहिलोपल्ट राष्ट्रिय लिगमा सहभागिता जनाइरहेको झापा ११ फुटबल क्लबले लिगमा राम्रो नतिजा दिइरहेको छ| स्टार डिफेन्डर विना मैदानमा उत्रने झापाको खेल भने रक्षात्मक रुपमा मजबुत नै देखिन्छ| यसअघि मछिन्द्र र जावलाखेलको गोलरक्षण गरिसकेका दिनेश, राष्ट्रिय टोलीमा स्थान बनाउने जमर्कोमा छन्| यु२३ टोलीमा नेपालको प्रतिनिधित्व गरिसकेका मगर साफ टोलीमा पर्ने सम्भावना पनि छ|
३. किशोर गिरी – मोरङ फुटबल क्लब मोरङले जारी लिगमा कुनैपनि खेलमा जित हात पार्न सकेन| मनाङ जस्तो सशक्त टोलीलाई गोलरहित बराबरीमा रोक्नुनै मोरङको सर्वश्रेष्ठ नतिजा रह्यो| धेरै गोल खाने टोली भएपनि मोरङका गोलरक्षक किशोर गिरि प्रतियोगिता अवधिभर उत्कृष्ट लयमा रहे| डिफेन्सको कमै सहयोग पाएका गिरिले कतिपय खेलमा एक्लै मोरङको बचाउ पनि गरे| युवा गोलरक्षक गिरिले गरेको प्रदर्शन मोरङको नतिजा हेर्ने हो भने पत्याउन गाह्रो हुन्छ| तर, गोलरक्षक गिरिको अनुपस्थिति हुँदो हो त मोरङको नतिजा झनै खराब हुन सक्नेमा दुईमत छैन|
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]
April 10, 2025
सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएलमा ललितपुर सिटी एफसी र चितवन एफसीबीचको खेल जारी छ । पहिलो हाफको समाप्तीमा ललितपुरले १-० को अग्रता बनाएको छ । उसको लागि इमोह इजेकियलले गोल गरे । दशरथ रङ्गशालामा आज चितवन तेस्रो जित निकाल्दै शीर्षस्थानमा कायमै रहने दाउमा छ । ललितपुर भने दोस्रो जितको खोजीमा छ। आज […]