8 years ago
April 16, 2017
जाकार्ता (एजेन्सी)- इन्डोनेसियाको लिगा १ अन्तर्गत आइतबार भएको खेलमा रोहित चन्दको क्लब पर्सिजा जाकर्ताले पर्सिबा बालिकपापानलाई २-०ले हराउँदै लिगमा सुखद सुरुवात गरेको छ।
खेलको दुवै गोल दोश्रो हाफमा भएको थियो। लुइज जुनियरको ५६औं मिनेटमा गरेको गोलले खेलमा अग्रता लिएको पर्सिजाले विडोडोको ७२औं मिनेटको गोलले खेलमा जित पक्का गरेको थियो। रोहितले खेलको पुरै समय खेलेका थिए।
पर्सिजाले लिग अन्तर्गत आफ्नो दोश्रो खेल शनिबार खेल्नेछ। घरेलु मैदानमा हुने उक्त खेलमा पर्सिजाले बारिटो पुटेराको सामना गर्दैछ। बारिटोले यस साता भएको आफ्नो खेलमा १-०को जित हात पारेको थियो।
रोहितले गत सातामात्र पर्सिजासंग अनुबन्धन गरेका थिए। रोहितको यस किलबमा यो दोश्रो बसाईं हो। यसअघि सन् २०१३ देखि २०१५सम्म रोहित यसै क्लबबाट खेलेका थिए।
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]
May 2, 2025
एजेन्सी – टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ । नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ । टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ […]
May 2, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ। शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो […]