8 years ago
April 16, 2017
एजेन्सी- पानामाका फूटबल खेलाडी अमिलकर हेनरीकेज हत्या भएको छ । राष्ट्रिय टोलीबाट ७५ खेल खेलेका क्लब अरबे युनिडोका अनुभवी मिडफिल्डर अमिलकर हेनरीकेजको शनिबार आफ्नै गृहनगर निउभो कोलोनमा केहि अज्ञात समुहद्वारा गोली हानी हत्या गरिएको हो। उनलाई तत्काल उपचारका लागी अस्पताल लगिएपनि चिकित्सकको टोली उनको ज्यान बचाउन असमर्थ रहे ।
पानामा फुटबल संघ तथा अरबे युनिडो फुटबल क्लबले मृतक खेलाडी प्रति श्रद्धांजलि दिएका छन , ” आफैले चयन गरेको खेलाडीको मृत्युले हामीलाई मर्माहत बनाएको छ, मृतकको आत्माले शान्ति पाओस “। अरबे युनिडो फुटबल क्लबले लेख्छ- ” सधै मैदानमा आफ्नो दिलोज्यान दिएर खेल्ने एउटा खेलाडीको मृत्युको खबरले हामीलाई शोकाकुल बनाएको छ”।
मेक्सिको राष्ट्रिय टोलीले पनि हेनरीकेजको मृत्युले हामीलाई दुखद बनाएको र सम्पूर्ण पानामा राष्ट्रिय टोलीसंगै शोक सभामा सामेल हुने बताएको छ । सन् २००५ मा पहिलो पटक राष्ट्रिय टोलीमा सामेल भएका उनी अगिल्लो महिना रुसमा हुने २०१८ को वर्ल्डकप छनोट खेलमा अमेरिका बिरुद्दको खेलमा समिल भएका थिए जुन खेल १-१ को बराबरीमा टुंगिएको थियो |
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]