default_image

8 years ago

April 16, 2017

बार्सिलोनाको कठिन जित

108 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिग अन्तर्गत शनिबार राती भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ३-२ले पराजित गरेको छ

खेलको १७औं मिनेटमा लियोनेल मेस्सीको गोलले अग्रता लिएको थियो मेस्सीले पोष्टभन्दा करिब २५ यार्ड बाहिरबाट गरेको प्रहार सिधै गोलना परिणत भएको थियो बार्सिलोनाले पुन: मेस्सीकै गोलमा अग्रता दोब्बर परेको थियो। मेस्सीले ३७औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई २-०को अग्रता दिलाएका थिए। लुइस सुआरेजको सुरुवाती प्रहारलाई गोलरक्षकले फर्काएको बलमा मेस्सीले सहजे गोल गरेका थिए।

खेलको ४२औं मिनेटमा बार्साका डिफेन्डर स्यामुएल उम्टिटीले आफ्नै पोष्टमा गोल गरेपछि सोसिडाड खेलमा फर्किएको थियो।  तर, त्यसको २ मिनेट नबित्दै नेयमारको प्रतिबन्धका कारण सुरुवाती एघारमा स्थान पाएका फ्रानसिस्को अल्कासेरले गोल गर्दै बार्सिलोनाको २ गोलको अग्रता पुन: कायम गरे। उनले मेस्सीको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।

पहिलो हाफको इन्ज्युरी समयको दोश्रो मिनेटमा सोसीडाडले फेरी अग्रता घटायो। विलियन जोसेको क्रसमा जबिएर प्रिएटोले भलीमार्फत गोल गर्दै खेललाई ३-२को स्थितिमा ल्यायो। खेलको दोश्रो हाफमा थप गोल हुन नसकेपछि बर्सिलिना विजयी भएको थियो।

जितसंगै बार्सिलोना ३२ खेलमा ७२ अंक जोडेर अंक तालिकाको दोश्रो स्थानमा रहेको छ। शीर्षस्थानमा रहेकोरियल म्याड्रिडको ३१ खेलमा ७५ अंक छ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.