default_image

9 years ago

October 11, 2015

सुदुर पश्चिम सँग नेपाल एपिएफ ५-३ ले पराजित

108 views

0 Bookmark

काठमाडौं, असोज २४ गते ।
आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको खेलमा यु-१९ राष्ट्रिय टोलिको अधिकांश खेलाडी सम्मिलित सुदुर पश्चिमले  नेपाल एपिएफ क्लबलाई ५-३ ले पराजित गरेको छ । खेलमा यु-१९ राष्ट्रिय टोलिका पांच खेलाडिले गोल गरेका थिए । यो नतिजले उपाधिको होडबाट नेपाल एपिएफ क्लब बहिरिएको छ । 

Far Western FC

सुरुवाती मिनटबाटनै आक्रमक देखिएको सुदुरले १५औं मिनटमा कमल थापाको गोल मार्फत आग्रता लिएको थियो । खेलको २८औं मिनटमा अबाको पासमा गोल गर्दै हेमन्त थापा मगरले आग्रता दोब्बर बनाए, हेमन्तले डि-बक्स बहिरबाट प्रहर गरेको बल सिधै गोल मा परिणत भएको थियो । बिचमा केहि सम्हालिन खोजेको एपिएफले ३७औं मिनटमा बिमल घर्ती मगरले गोल गरेपछी ३-०ले पछी पर्न बध्य भयो ।  त्यस्पछी दुबै टोलिबाट केहि राम्रो मुभ बने पनि पहिलो हाल्फमा थप गोल हुन सकेन ।

दोस्रो हाल्फमा गणेश लावतिको स्थानमा मैदान प्रवेश गरेका रन्जन बिष्टले ५५औं मिनटमा गोल गर्दै ३-१ बनाए र ७२औ मिनट सुदिप शिख्राकारले गोल गर्दै ३-२मा पुराए । खेलको ८३औं मिनटमा जनम र थप गरिएको दोस्रो मिनटमा सुनिल बलाले गोल गरेर ५-२ भए खेल रन्जनले ९०+३मिनटमा गोल गरेपछी ५-३मा अन्त्य भयो ।

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

Success

Thank you for your time.