default_image

8 years ago

April 15, 2017

सपोर्ट्स लिगको उपाधि म्यानचेस्टर युनाइटेडको रेड आर्मीलाई

85 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रेड आर्मीले सपोर्टस लिग नेपालको उपाधि जितेको छ । सानेपास्थित फिल्ड फुटसबलमा रियल मड्रिडलाई सडन डेथमा ५–४ ले हराउँदै रेड आर्मीले उपाधि जितेको हो । निर्धारित सयम ५० मिनेटको खेल २–२ को बराबरीमा टुंगिएको थियो । प्रतियोगिताको मुख्य प्रायोजन न्युरोडको जर्सी पसलले गरेको थियो।

प्रतिस्पर्धात्मक फाइनलमा रेड आर्मीका सुरज कार्कीले खेलको दोस्रो मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । विपक्षी सम्हालिन नपाई राहुल खड्काले १२ औं मिनेटमा दर्शनिय गोल गर्दै रेड आर्मीका लागि गोल अन्तर दोब्बर पारे ।

दुई गोलले पछि परेरपनि रियलले दोस्रो हाफमा खेल बराबरीमा पुर्याएको थियो । सुनिल तामाङले २७ औ मिनेट र आकाश लामाले ४० औ मिनेट गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए । सडन डेडमा म्यानचेस्टरको रेड आर्मीले बाजी मारेको थियो ।
सन्दीप कार्की प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भने राहुल खड्का उच्च गोलकर्ता बने । जर्सी पसलका प्रमुख कार्यकारी अधिकृत कृष्ण गुप्ताले उनीहरुलाई ट्रफी हस्तान्तर गरे ।  विजेता खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव सञ्जिव मिश्रले पुरस्कृत गरे । मिश्रले फुटसलले फुटबल विकास र प्रबर्दनमा सहयोग पुगेको बताए ।

रेड आर्मीका विकास भण्डारीले उपाधिले थप हौसाला मिलेको र यस्ता प्रतियोगिताले खेलाडीहरुको मनोबल उच्च हुने बताए । चार महिनासम्म संचालित प्रतियोगितामा ८ सपोट्र्स क्लब चेल्सी नेपाल, स्पर्स नेपाल, बार्सा नेपाल, सिटिजन्स नेपाल, आर्सनल नेपाल, लिड्स नेपाल, रियल मड्रिड फ्यान क्लब अफ नेपाल र रेड आर्र्मीको सहभागिता थियो ।

 

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

March 20, 2025

सुनिलको पुनरागमनमा भारतको जित

एजेन्सी – सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको खेलमा बुधवार भारतले माल्दिभ्सलाई ३-० ले हराएको छ। भारतलको सिलङ मेघालयस्थित जवाहरलाल नेहरू स्टेडियममा खेलेको मैत्रीपूर्ण खेलमा आयोजकका लागि सुनिलसहित राहुल भेके, लिस्टन कोलासोले गोल गरे। ३५औं मिनेटमा राहुलले कर्नरबाट आएको बलमा हेडरमार्फत पहिलो गोल गर्दै भारतलाई अग्रता दिलाए। ६६औं मिनेटमा लिस्टनले अर्को हेडर गोल गर्दै भारतको […]

Success

Thank you for your time.