8 years ago
April 15, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलियन क्लब सनराइज जर्ज एफसीले भिक्टोरिया प्रिमियर लिगमा शनिबार जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा सनराइजले ब्रुन्सविक सिटी एफसीलाई १–० ले पराजित गरेको थियो ।
चौथो खेलमा टोलीको यो पहिलो जित हो । पछिल्ला तीन खेलमा जगजितको टोलीले २ मा हार बेहोरेको थियो भने १ मा बराबरी खेलेको थियो । शनिबारको खेलमा प्राप्त पेनाल्टीमा गोल गर्दै सनराइजले ३ अंक जोडेको थियो । खेल सकिन १२ मिनेट बाँकी रहँदा सनराइजले पेनाल्टी पाएको थियो ।
आफ्ना १० खेलमा टोलीले ४ जित ३ हार र ३ बराबरीका साथ १५ अंक जोडेको छ । टोली अंक तालिकाको छैटौं स्थानमा रहेको जगजितले जानकारी दिए । १० मध्ये ७ खेलमा जगजित पहिलो रोजाइमा पर्दै खेलेका छन् । उनले आफ्नो प्रदर्शनबाट प्रशिक्षक व्यवस्थापन खुसी रहेको पाएको हाम्रो खेलकुद डट कमलाई सुनाए ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]