8 years ago
April 15, 2017
दिपक बोहोरा
फिदिम – पहिलो पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको आज हुने उद्घाटन खेलमा आयोजक पाँचथर क्लब र एपिएफ पूर्वाञ्चलबीच प्रतिस्पर्धा हुनेछ । फिदिम उच्च मावि खेल मैदान सांसद भिष्म राज आङदेम्बेले प्रतियोगिताको उद्घाटन गर्ने आयोजकले बताएका छन् ।
बैशाख ९ गते सम्म चल्ने प्रतियोगितामा उद्घाटन खेलमा भिड्ने दुई टोलीबाहेक विर्ता युनाइटेड झापा , पथरी स्पोर्टिङ क्लब मोरङ ,मिसन युनाइटेड ताप्लेजुङ , डिएफसि मोरङ , रेडहर्स इलाम छन् ।
आयोजकले शुक्रबार पत्रकार सम्मेलन गर्दै टोलीको नाम सार्वजनिक गरेको थियो । पाँचथरका विभिन्न गाविसबाट खेलाडी छनोट गरि तयार पारिएको बताइएको थियो ।
प्रतियोगिताको विजेता टोलीले उपाधिसहित १ लाख ५० हजार तथा दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
पाँचथरको फिदिम गत पुसमा भएको आठौं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि विर्ता युनाइटेड झापाले जितेको थियो ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]