8 years ago
April 15, 2017
मड्रिड (एजेन्सी) – रियल मड्रिडले स्पेनिस ला लिगामा आज स्पोर्टिङ गिजोनको सामना गर्दा स्टार खेलाडीद्वय क्रिस्टियानो रोनाल्डो र करिम बेन्जेमा टोलीमा हुने छैनन् । प्रशिक्षक जिनेदिन जिदानले उनीहरुलाई आजको खेलमा आराम दिने बताइएको छ ।
च्याम्पियन्स लिगअन्तर्गत बायर्न म्युनिखसँग क्वार्टरफाइनलको दोस्रो लेगलाई ध्यानमा राख्दै जिदानले उनीहरुलाई विश्राम दिन लागेका हुन् । बेन्जेमा र रोनाल्डोसँगै गोलकिपर केलोर नाभासलाई पनि आराम दिन लागिएको बताइएको छ ।
बायर्नसँगको पहिलो लेगमा सामान्य घाइते भएका ग्यारेथ बेलसँगै पेपे र राफेल भारान चोटका कारण यसअघि नै नखेल्ने पक्का थियो । त्यस्तै ड्यानी कार्भाजल प्रतिबन्धको कारण आज खेल्न पाउने छैनन् । रियलका पहिलो रोजाईको धेरै जसो खेलाडीहरु नखेल्ने भएपछि २० बर्षे लेफ्ट ब्याक अभारो टेजेरोले मौका पाउन सक्ने अनुमान गरिएको छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]