8 years ago
April 14, 2017
पोखरा १ (हाम्रो खेलकुद)– पोखराको सहारा एकेडेमिको सहयोगार्थ हङकङमा यसै बर्ष पनि सहारा साँझ हुने भएको छ । एकेडेमिको सहयोगार्थ सहित भूकम्पबाट क्षेतिग्रस्त सिन्धुपाल्चोक हैबुङ को माध्यामिक बिद्यालयको भवन निमार्णको लागि तेश्रो संस्करणको सहारा साँझ आगामी जेठ २१ गते कार्यक्रम आयोजना हुने भएको सहारा हङकङले जनाएको छ ।
कार्यक्रममा चर्चित पप गायक सुगम पोख्रेल, समृद्धि राई, गायिका प्रिया गुरुङ,दृष्टिविहिन सरिता अधिकारी, बहु प्रतिभासाली वाल कलाकार वेगेन्द्र बुढा लगायतका कलाकारको प्रस्तुती रहने भएको सहारा हङकङका अध्यक्ष दिपक गुरुङले हङकङबाट जानकारी दिएका छन् ।
कार्यक्रममा गायक जय कुमार परियार र डान्सरमा मिन गुरुङ समेत सहभागी हुने भएका छन् । सहारा हङकङका अध्यक्ष दिपक गुरुङको अध्यक्षतामा हङकङमा शुक्रबार भएको पत्रकार भेटघाट कार्यक्रममा एनआरएन हङकङका पुर्व अध्यक्ष तथा सल्लाहकार दुर्गा गुरुङ, उपाध्यक्ष रेनुका गुरुङ, महासचिव विल तामाङ लगायतले बोलेका थिए । कार्यक्रमको मुख्य प्रायोजक ईन्द्र वराह ज्वेलरी र सह–प्रायोजकमा समाजसेवि तथा कानुन व्यवसायी देव गुरुङ रहेका छन् ।
सहारा क्लवद्धारा संचालित तेश्रो ब्याचको एकेडेमीमा हाल १६ जिल्लाका २८ जना बालकहरुलाई रहेकाछन । सहारा क्लव हङकङले विगतका दुई संस्करणबाट १०/१० लाख भन्दा बढी रकम सहयोग गरेको सहारा क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए । स्वदेश तथा विदेशका दाताहरुको कारणले गर्दा हाल सहारा एकेडेमीमा एक करोड २५ लाख भन्दा बढी रकम संकलन भएकोले दुई करोड पु¥याउने लक्ष्य राखिएको आचार्यले जनाए ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]