8 years ago
April 14, 2017
जुरिच (एजेन्सी) –अर्जेन्टिनाका कप्तान एवं बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेस्सीमाथि फिफाले लगाएको प्रतिबन्ध कम हुन सक्ने बताइएको छ । मेस्सीमाथि फिफाले ४ खेलको प्रतिबन्ध लगाएपछि अर्जेन्टिनी फुटबल संघ (एएफए) ले त्यसविरुद्ध अपिल गरेको थियो । उनको प्रतिबन्ध २ खेलमा घटाइन सकिने बताइएको छ ।
विश्वकप छनोट अन्तर्गत अर्जेन्टिनाले चिलीलाई १–० ले हराएको खेलमा मेस्सी रेफ्रीहरुसँग असन्तुष्ट देखिएका थिए ।रेफ्रिहरुलाई अपशब्द प्रयोग गर्दै अपमान गरेको जनाउँदै फिफाले उनीमाथि प्रतिबन्ध लगाएको थियो ।
घटनाको जानकारी रेफ्रीहरुले फिफालाई नगराएको भन्दै एएफएले फिफासामु प्रतिवेदन प्रस्तुत गरेको थियो । फिफाले मे ४ मा मेस्सीको घटनामा सुनवाई गर्नेछ ।
‘फिफाले सुनाइका लागि मेस्सीलाई मे ४ मा जुरिच बोलाएको छ,’ एएफएका प्रवक्ताले भने, ‘ उनको प्रतिबन्ध घट्नमा हामी आशावादी छौं ।’ एएफएका नयाँ अध्यक्षले मेस्सीलाई एएफएका वकिलहरुसँग मिलेर जुरिचमा सुनुवाइमा उपस्थित हुन अनुरोध गर्ने बताइएको छ ।
बोलिभियासँगको विश्व कप छनोटको खेल गुमाएका मेस्सीले प्रतिबन्धका ४ मध्ये १ खेल गुमाइसबेको छन् । उनको प्रतिबन्ध घटाएर दुई खेलमा गरियो भने उनले अब हुने उरुग्वेसँगको खेलमात्र गुमाउनेछन् ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]