8 years ago
April 13, 2017
माले (एजेन्सी) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले माले लिगमा पहिलो पटक गोल खाएपछि उनको टोली टिसी स्पोर्टस क्लबले गए राती भिक्ट्री एससीसँग २–२ को बराबरी खेलेको छ । माले लिगमा तीन खेलमा अपराजित रहेको किरणको टोलीको यो पहिलो बराबरी हो ।
टिसी स्पोर्टस क्लबको टोली (फाइल तस्बिर) ।
अघिल्ला दुवै खेलमा उनको टोलीले सफलता प्राप्त गरेको थियो । खेलमा दुई पटक पछि परेर किरणको टोली खेलमा फर्कन सफल भएको थियो । भिक्ट्री स्पोर्टसका लागि दुवै गोल एन्डराज केरिकले गरे भने टिसीका लागि नाइज हसन र कोर्निलियुज स्टेवार्टले गोल गरे ।
केरिकले ३५ औं मिनेटमा पहिलो गोल गरका थिए भने मध्यान्तरको केहीअघि नाइजले बराबरी गोल गरेका थिए । ५९ औं मिनेटमा केरिकले अर्को गोल थपे । खेल सकिन ५ मिनेट बाँकी रहँदा कोर्निलियुजले बराबरी गोल गर्दै टोलीको सम्भावित हारलाई टारेका थिए ।
३ खेलमा २ जित र १ बराबरी खेल्दै किरणको टोली अंक तालिकाको दोस्रो स्थानमा छ । सबै ३ खेल जितेको न्यू रेडियन्ट स्पोर्टस क्लब ९ अंकका साथ शीर्षस्थानमा छ । तेस्रो स्थानको क्लब इगल्सको पनि ७ अंक भएपछि टोलीले टिसीको भन्दा एक खेल बढी खेलेको छ ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]