9 years ago
October 10, 2015
आफ्नो बाकी तिनै खेल जिते उपादी जित्ने निश्चित रहेको थ्री स्टार जित भन्दा कमको नतिजाको अपेक्षामा छैन
मनाङ बिरुद्ध निकै रोमान्चक खेलमा हार अंगालेको झापा जारी राष्ट्रिय लिगमा रुस्लान थ्री स्टार क्लब बिरुद्ध भिड्दै छ ।
उपादिको लक्ष्य लिएको झापा आफ्नो जित संगसंगै अरुको खेलमा पनि निर्भर रहनु पर्ने छ । १४ खेल खेलिसकेको झापा २४ अंकसंगै ४औ स्थानमा छ जुन लिगको पहिलो स्थानमा रहेको आर्मी भन्दा ३ कम हो ।
त्यसैगरी आफ्नो बाकी तिनै खेल जिते उपादी जित्ने निश्चित रहेको थ्री स्टार जित भन्दा कमको नतिजाको अपेक्षामा छैन ।
१३ खेलको समाप्तीमा थ्री स्टारको ७ जित संगै २६ अंक छ र आजको खेलामा जित्न सफल भए थ्री स्टार पुर्ण लिगको पहिलो स्थानमा पुग्ने छ ।
थ्री स्टार आफ्नो प्रतिबन्दित कप्तान सागर थाप बिना मैदानमा उत्रने छ । रेफ्री श्रवण लामालाई अपसब्ध बोलेको सागर थापा आफ्नो २ खेल प्रतिबन्दको अन्तिम खेल पुरा गर्दै छन् ।
यसअघी झापाको घरेलु मैदानमा खेलिएको खेलमा दुइ टिम बिचको खेल गोल रहित बरबारीमा टुंगिएको थियो ।
मानङसँग पहिलो पल्ट टर्फमा खेलेको झापालाई थ्री स्टारसँग भने अलि सजिलो हुन सक्ने अपेक्षा गरिएको छ ।
यस अघी मोरङबिरुद्ध विश्राममा रखिएका पिटर सेगुन झापाबिरुद्धको महत्वपुर्ण खेलमा भने फर्किने छन भने सन्तोश साहुखल पनि उपलब्ध हुनेछन ।
८ गोल गरेका सन्तोश १२ गोल गरिसकेको कर्ण लिम्बु र ११ गोलको साथ दोस्रो स्थानमा रहेको नवयुगलाई पछ्याउदै लिगको शीर्ष गोल कर्ता बन्ने दाउमा हुनेछन ।
टिम | खेल | जित | ड्र | हार | गोल गरेको | गोल खाएको | +/- | अंक | |
---|---|---|---|---|---|---|---|---|---|
१ | आर्मी | १४ | ७ | ६ | १ | ३० | ६ | २४ | २७ |
२ | थ्री स्टार | १३ | ७ | ५ | १ | २६ | ८ | १८ | २६ |
३ | मानङ | १३ | ७ | ४ | २ | २१ | ६ | १५ | २५ |
४ | झापा | १४ | ७ | ३ | ४ | २१ | ११ | १० | २४ |
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]