8 years ago
April 10, 2017
एजेन्सी – जारी सिजनमा ३२ गोल गरेर लगातार युरोपमा तहल्का मच्चाईरहेको बोरुसिया डर्टमुण्डका स्ट्राइकर पिएर एमेरिक औबामेयाङलाई किन्न स्पेनका ठुला क्लब बार्सिलोना र रियल म्याड्रिडले मात्र सक्ने डर्टमुण्डका प्रबन्ध निर्देशक हान-योचिम वाट्ज्केले बताएका छन्।
२७ वर्षीय स्ट्राइकरले पछिल्लो तिन सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनको डर्टमुण्डसंगको अनुबन्धन सन् २०२०सम्म कायम रहनेछ र त्यसैकारण क्लबले हालै औबामेयाङलाई क्लबबाट टाढा जना नदिने वाट्ज्केले बताएका छन्।
विगतका सिजनमा डर्टमुण्डका स्टार खेलाडीहरु बायर्नतर्फा लागिरहेको अवस्थामा औबामेयाङले भने कुनै हालतमा त्यसो नगर्नेमा आफु विश्वस्त रहेको उनले बताए। “क्लबले औबामेयाङलाई आफुसंग राख्ने सक्दो प्रयास गर्नेछ। रियल र बार्सिलोनाले राम्रो रकम दिएको खण्डमा क्लब सोच्न बाध्य हुनेछ। तर बायर्न भने औबामेयाङका लागि कुनै हालतमा पनि अर्को गन्तव्य हुने छैन”, उनले भने।
विगतमा लिभरपुल र आर्सनलले पनि औबामेयाङलाई अनुबन्धन गर्ने प्रयास गरेका थिए। तर, डर्टमुण्डले अहिलेको अवस्थामा १०० मिलियन पाउण्ड भन्दा कममा खेलाडीलाई बेच्ने छैन।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]