default_image

8 years ago

April 9, 2017

कुलेश्वर ‘ए’लाई यु-१४ फुटबल उपाधि

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- कुलेश्वर ‘ए’ ले वार्नर अल्बर्ट सिक्स ए साइड यू १४ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल युथ प्रोग्राम र कुलेश्वर आवास युथ काउन्सिल (केवाइएसी) को संयुक्त आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा कपन ‘ए’ लाई २–१ पराजित गर्दै कुलेश्वर ‘ए’ले उपाधि जितेको हो।

प्रतियोगितामा कुलेश्वर ‘ए’ र ‘बी’ तथा कपन ‘ए’ र ‘बी’ टोलीको सहभागिता थियो । कपनका विशाल मोक्तान उत्कृष्ट खेलाडी तथा कुलेश्वरका हिमाल श्रेष्ठ उत्कृष्ट गोलकिपर घोषित भए । प्रतियोगितामा सहभागी खेलाडीका लागि प्रतियोगितासहित क्याम्पको पनि आयोजना गरिएको थियो । नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक होल्गर ओभरम्यानले विजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।

ओभरम्यानले आफुले दोस्रो घरका रुपमा मानेको नेपाल आउँदा खुसी लाग्ने बताए । उनले नेपाल युथ प्रोगाम र केवाइएसीको प्रयासको सरहना गर्दै फुटबल विकासका लागि ग्रासरुटबाट काम गर्नुपर्ने सुझाव दिए । केवाइएसीका अध्यक्ष सुलभ शरण केसीले सानै उमेर देखि फुटबलको स्कील र अनुशासनमा ध्यान दिनका लागि क्याम्प सञ्चालन गरिएको बताए । सो कार्यक्रममा नेपाल युथ प्रोग्रामका अध्यक्ष्य राजीव नेपालीले ग्रासरुट फूटबल विकासका लागि यस्तो कार्यक्रम महत्वपूर्ण रहेको बताए।

March 21, 2025

चितवन महिला फुटबल फाइनल – उपाधि जित्नेमा दुवै टोलीको दाबी

सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

Success

Thank you for your time.