default_image

9 years ago

October 9, 2015

यु१९ साफ विजेता टोली किन ए.एफ्.सीमा जितविहिन?

132 views

0 Bookmark

नेपालले २२ वर्षे उपाधि खँडेरी तोडेर प्रथम साफ यु१९ च्याम्पिएनसिप जितेको एक महिना वित्दै छ| त्यस प्रतियोगितामा भारत र अफगानिस्तान जस्ता सशक्त टोलीलाई परास्त गर्दै उपाधि उठाएको नेपालको प्रदर्शन ए.एफ.सी छनोटमा भने विर्सनलायक रह्यो|

Bimal Gharti Magar and Bal Gopal Maharjan

साफको लागि करिव दुई महिना प्रशिक्षण गर्ने मौका पाएको टोलीले त्यस प्रतियोगिताको फाइनल बाहेकका खेलमा कम्तिमा दुई गोल गर्यो| केहि खेलमा मिडफिल्डमा तालमेल नमिले पनि प्रतियोगिता चल्दै जाँदा त्यसमा पनि सुधार आयो| अफगानिस्तान विरुद्धको सेमिफाइनल खेलमा डिफेन्डर गौरव बुढाथोकि घाइते भएपछि प्रशिक्षक बालगोपाल महर्जनले छिरिङ गुरुङलाई मैदानमा उतारे| प्रतियोगितामा पहिलो खेल खेलेका गुरुङले राम्रो प्रदर्शन गरे र नेपाल फाइनल पुगेको थियो|

फाइनलका लागि पनि गौरव उपलब्ध नहुने भएपछि छिरिङले नै भारतविरुद्धको खेलमा सुरुवात गरे| नेपाल खेलमा १-०ले अघि रहेको अवस्थामा प्रशिक्षक बालगोपाल महर्जनले लिएको एउटा निर्णयले नतिजानै फेर्न सक्थ्यो| विमल घर्ति मगरको ठाउँमा मैदान प्रवेश गरेका दिनेश राजवंशी प्रतियोगिता अवधिभर चोटका कारण खेलेनन्, फाइनल अघिसम्मको प्रेस कन्फरेन्समा उनको बारे सोध्दा पनि प्रशिक्षकले तयार नभएको अभिव्यक्ति दिएका थिए| तिनै राजवंशीको ह्यान्ड बलले भारतले पेनाल्टिमार्फत खेल बराबरीमा ल्याएको थियो| दिनेशको यो दुई महिनामा पहिलो खेल थियो र म्याच फिटनेस नभएको खेलाडीलाई यस्तो संवेदनशील समयना उतार्नु ठूलै प्रश्नको विषय बन्न सक्थ्यो| भाग्यले साथ दिएको नेपालले विमल, अन्जन जस्तो पेनाल्टि टेकर मैदानबाट वाहिर आइसके पनि पाँचमा पाँचै पेनाल्टि छिराएर खेल जित्यो|

साफ सकिएलगत्तै यु१९ टोली केहि दिन सम्मान र पुरस्कार वितरण समारोहतिरै व्यस्त रहे| सरकारको प्रति खेलाडी एक लाख देखि प्राइभेट कम्पनिका उद्घाटनसम्मा टोली सामेल थियो| प्रशिक्षणरत यु१९ टोलीका खेलाडी राष्ट्रिय लिगको सुरुवात संगै प्रशिक्षण रोकेर क्लब फुटबल तर्फ लागे| यस टोलीका अधिकांश खेलाडी यसअघिनै सुदुरपश्चिममा आवद्ध थिए भने साफको बेलामा चम्केका केहि खेलाडीले नयाँ क्लब पाए| यु१९ टोलीका कप्तान विमल घर्ति मगर र तेज तामाङ सुदुरतिर लागे भने डिफेन्डर छिरिङ गुरुङ र मिडफिल्डर डोना थापा मोरङ तर्फ हान्निए| साफ टोलिमा नअटाएका रामचन्द्र वजि पुलिसमा अटाए| साफ टोलिका केहि मात्र खेलाडी थिएजसले कुनै क्लबमा खोलेनन्| यस्तो समयमा उनिहरुले प्रशिक्षण गर्ने भनेको लिगको खेल समाप्त भएपश्चात मैदानमा करिव एक घण्टा आफैंआफैं बल हान्नु थियो|

साफ अवधिभर चार खेल खेलेको नेपालले लिगको लागि खेलाडी क्लबमा जान दिएपछि कहिले एक त कहिले दुइ दिन बिराएर खेल खेलिरहे| बिना बिश्राम लगातार खेल्दा पनि खेलाडी थकित भएको र प्रदर्शनमा फरक परेको तथ्य इरानमा देख्न पाइयो| भूकम्पका कारण पछि धकेलिएको लिगलाई दशैं अगावै सक्नुपर्ने बाध्यताका कारण एन्फाले यु१९को प्रशिक्षणलाई महत्व दिएन| गत वर्ष समाप्त हुनुपर्ने राष्ट्रिय लिग, यो बर्षको मध्य पुग्दा पनि बिबिध कारणवश समापन हुन सकेको छैन| छनोट हुने सम्भावनामा बिश्वास नभएकोले एन्फाले क्लबहरुलाई खेलाडी उपलब्ध गराइदिन अनुरोधपनि गरेन| समयमै लिग सक्नुपर्ने बाध्यताको मार यु१९ टोलीले खेप्नुपर्यो|

यसविचमा यु१६ टोलीले किर्गिस्तानमा गरेको प्रदर्शन पनि निकै राम्रो रह्यो| अन्तिम चरणमा छनोट हुन सफल टोलीले किर्गिस्तान विरुद्ध दुई गोल पछि परेर पनि नतिजा ४-२ले आफ्नोतिर उल्टाउनु साँचै नै अविश्वसनिय रह्यो| प्रतियोगिताबाट फर्केको टोलीको स्वागतमा विमानस्थलमा सयौं सर्वसाधारणको उपस्थिति थियो भने स्वयं एन्फाका अध्यक्ष र राखेपका सदस्य सचिव केशव विष्ट विमानस्थल पुगेका थिए| गाह्रो समुहमा परेपनि जोर्डन र किर्गिस्तानलाई हराउँदै नेपाल पाँच उत्कृष्ट समुहविजेता मध्य एक बन्दै अन्तिम चरणमा छनोट भएको थियो| टोलीका प्रशिक्षक उपेन्द्रमान सिंहले नेपाल उत्रेपछि यु१९को नतिजाले टोलीलाई थप उर्जा दिएको र अब यु१६को नतिजालाई यु१९ले निरन्तरता दिनुपर्ने बताएका थिए|

यु१९ टोली अक्टोबर दुईदेखि सुरु हुने भनिएको प्रतियोगिता खेल्न सेप्टेम्बर ३०मा उड्ने कार्यक्रम थियो| सेप्टेम्बर २९गते १२:३० बजे खेलाडीहरु आ-आफ्नै क्लबको खेल खेल्न व्यस्त थिए| प्रतियोगिता सुरु हुनअघि एकदिन पनि प्रशिक्षण गर्न नपाएको टोलीमा खेलाडी छनोट पनि अचम्मित पार्ने थियो|

साफमै चोट बोकेका डिफेन्डर गौरव बुढाथोकि टोलीमा अटाएनन् भने चोटका कारण टोलीमा नराखिएको भनिएका आकाश थापा भोलिपल्ट सुदुरपश्चिमका लागि पुरै ९०मिनेट खेले| ति दुई महत्वपुर्ण डिफेन्डरको ठाँउमा टोलीमा एक मिडफिल्डर र एक फरवार्डलाई स्थान दिइयो| आफुभन्दा बलियो प्रतिद्वन्दिसंग खेल्न जान लागेको टोलीमा डिफेन्समा एकदमै सिमित खेलाडी थिए| साफ अवधिभरै  कुनै पनि खेलमा क्लिन सिट राख्न नसकेको नेपालको यो निर्णयको नतिजा प्रतियोगिताको पहिलो खेलमा नै देखियो|

रक्षात्मक रणनिति अपनाउने सुरमा मैदान छिरेको टोलीले ९० सेकेन्डभित्रै दुई गोल खाएको थियो| अनन्त तामाङ अफगानिस्तानका प्रहार रोक्ने एकमात्र योद्धा देखिन्थे| खेलको ५७औं मिनेटमा छिरिङ गुरुङले पेनाल्टि बक्सभित्र प्रहर गरेको फाउललेनै गुरुङको प्रदर्शनको बयान गर्छ| बिट भइसकेको अवस्थामा उनले पछाडिबाट गरेको ट्याकल रेड कार्ड देखाउन योग्य थियो|

पहिलो खेल १०-०ले हारेको नेपालको रणनिति एकदमै खराब थियो| खेल अवधिभर एउटामात्र पोष्ट प्रहार गरेको टोलीको रक्षात्मक खेल सम्हालिन नपाउँदै तोडियो| कुवेत विरुद्ध दोश्रो खेलमा बराबरी गरेको नेपालले सुरुवातमा तेज तामाङको स्थानमा डोना थापालाई खेलायो| ६१औं मिनेटमा कप्तान विमल घर्ति मगरको गोलसंगै अग्रता लिएको नेपालले १०मिनेट नबित्दै बराबरी गोल खायो| अन्तिम खेल जोर्डनविरुद्ध ३-०ले हार्दा पनि कुवेतसंग सुरुवात गरेकै टोली खेलेको थियो| शारिरिक रुपमा नेपालभन्दा बलियो रहेका टोलीले प्रविधिक रुपमा पनि नेपाललाई पछि पारे|

अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुनपुर्व अन्य राष्ट्रले महिनौं प्रशिक्षण गर्छन् तर विना कुनै प्रशिक्षण इरानसंग मैदानमा उत्रदा खाएको दश गोलले नेपालको तयारीमा देखिएको कमजोरीको नतिजा देखाउँछ| साफ जितेको टोलीको यस्तो कमजोर प्रदर्शन होला भन्ने सोच्न पनि गाह्रो थियो| छनोटको लक्ष्य लिएर गएको नेपाल गोलको भारी बोकेर फर्कंदा किन यस्तो भयो र अब आउने दिनमा गर्नुपर्ने सुधारमा ध्यान दिन एकदमै जरुरी छ|

April 1, 2025

जीतपुरसिमरा गोल्डकपमा यसै साता सुरु हुने

सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण‌बाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]

April 1, 2025

धनगढीको रवाफिलो सुरूवात

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]

April 1, 2025

लुम्बिनी र धनगढीबीचको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]

Success

Thank you for your time.