default_image

8 years ago

April 9, 2017

नेयमारले एल क्लासिको गुमाउने

121 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको मालागा र बार्सिलोनाबिचको खेलमा रातो कार्ड पाएका ब्रजिलिएन फरवार्ड नेयमारले दुइ सातापछि हुने रियल म्याड्रिड र बार्सिलोनाको खेल गुमाउने भएका छन्। मालागाको घरेलु मैदानमा भएको खेलमा २-०को पराजय भोगेसंगै बार्सिलोनाले महत्वपूर्ण ३ अंक गुमाएको थियो

मालागा विरुद्धको खेलमा दुइ पहेंलो कार्ड पाएका नेयमारले लिगको नियमअनुसार १ खेलमात्र गुमाउने थिए तर मैदानबाट बाहिरिने क्रममा चौथो अफिसियललाई व्यंग्यात्मक ढंगले ताली बजाएकाले नेयमारलाइ थप कारवाही हुने भएको हो। बार्सिलोनाले रियल म्याड्रिडसंग अप्रिल २३मा खेल्दैछ र त्यसअघि हुने रियल सोसिडाड विरुद्धको खेलमा नेयमार रेड कार्डका कारण उपलब्ध हुने छैनन्। तर उनको खराब व्यवहारका कारण हुने थप प्रतिबन्धले उनि म्याड्रिड विरुद्धको खेलमा अनुपस्थित हुने भएका हुन्।

रेफ्रीको रिपोर्टमा लेखीए अनुसार विगतमा पनि यस्ता घटनाहरु भएका छन्। सन् २०१२मा भ्यालेन्सियाका सोफिआने फेगुलीले पनि यस्तै घटनामा मुछिंदा ३ खेलको प्रतिबन्ध पाएका थिए। यसैगरी बार्सिलोनाका लुइस सुआरेज पनि रेड कार्ड पाएपछि मैदान छाड्न ढिलाई गर्दा २ खेल प्रतिबन्धमा परेका थिए।

थप १ खेल प्रतिबन्धमा परे पनि नेयमारले म्याड्रिड विरुद्धको खेल गुमाउनेछन्

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.