8 years ago
April 9, 2017
बोर्नमाउथ (एजेन्सी)– चेल्सी प्रिमियर लिग उपाधिको अझै नजिक पुगेको छ । एफसी बोर्नमाउथलाई शनिबार ३–१ ले हराउँदै शीर्षस्थानको चेल्सीले दोस्रो स्थानको टोनेनह्याममाथि पुनः ७ अंकको अग्रता लिएको छ । प्रिमियर लिगमा अन्तिम ७ खेल खेल्न बाँकी रहेको चेल्सीको ७५ अंक पुगेको छ ।
शनिबारनै अर्को खेलमा वार्डफोर्डमाथि ४–० को जित निकाल्दै टोटेनह्यामले चेल्सीसँगको अंक दुरी ४ मा झारेको थियो । तर, चेल्सीले जितसँगै पुनः अंक अन्तरलाई पुरानै अवस्थामा पुराएको थियो ।
एडम स्थिमको आत्मघाती गोलबाट चेल्सीले खेलमा अग्रता लिएको थियो । स्थिमले १७ औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेका थिए । एडन हाजार्डले २० औ मिनेटमा र मार्कोस अलन्सोले ६८ औं मिनेटमा गोल गर्दै चेल्सीलाई ३–० को अग्रता दिलाएका थिए । हाजार्डले चेल्सीका गरेको त्यो सिजनको १४ औं गोल थियो । अलन्सोले फ्रिकिकमा गोल गरेका थिए ।
१५ औं स्थानमा रहेको बोर्नमाउथको रेलिगेसन क्षेत्रमा रहेको टोलीको भन्दा ७ अंक बढी छ । प्रिमियर लिगका शनिबारका अन्य खेलमा म्यानचेस्टर सिटीले हल सिटीर्ला ३–१ ले, लिभरपुलले स्टोक सिटीलाई २–१, साउथ ह्याम्प्टनले वेस्ट ब्रुमविचलाई १–० ले, वेस्ट ह्याम युनाइटेडले स्वान्सी सिटीलाई १–० ले हराएको छ भने मिडल्सब्रो र बनर्लीले गोलरहित बराबरी खेलेका थिए ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]