8 years ago
April 8, 2017
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा रियल म्याड्रिड र एटलेटिको म्याड्रिडले १-१को बराबरी खेल्दै अंक बाँडेका छन्। निकै प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोश्रो हाफमा सम्भव भएको थियो।
खेलको पहिलो हाफमा दुवै टोलीले केहि अवसर सिर्जना गरेपनि गोल नहुँदा दोश्रो हाफमा खेल केहि आक्रामक बनेको थियो। ५४औं मिनेटमा म्याड्रिडले पेपेको गोल मार्फत खेलमा अग्रता लिएको थियो। टोनी क्रुसको फ्रिकिकमा हेडर मार्फत गोल गर्दै पेपेले रियललाई अग्रता दिलाएका थिए। खेलमा रियल म्याड्रिड केहि हावी हुँदै गएपछि जिततर्फ अग्रसर देखिएको थियो।
तर, निर्धारित समय सकिन ५ मिनेट बाँकी हुँदा एन्टोइन ग्रिज्मनले गोल गर्दै खेल बराबरीमा ल्याए। एन्जल कोरियाको पासलाई सदुपोग गर्दै ग्रिज्मनले उत्कृष्ट फिनिसिङ गरेका थिए।
बराबरीसंगै म्याड्रिडले लिगमा आफ्नो अग्रतालाई बढाउने मौका गुमाएको छ। शनिबार हुने अर्को खेलमा बार्सिलोनाले मालागालाई हराएको खण्डमा दुवै टोलीको अंक बराबर हुनेछ। यद्दपी रियल म्याड्रिडले १ खेल कम खेलेको हुनेछ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]