8 years ago
April 8, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एट्लान्टिक स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा हुने एसी मिलान जुनियर फुटबल क्याम्प भोलिबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सुरु हुँदैछ।
चैत्र २७ गतेदेखि सुरु हुने क्याम्पमा १२५ जना प्रशिक्षार्थीहरु सहभागी हुनेछन्। जसमध्ये ७ खेलाडी उपत्यका बाहिरका रहेका छन्। एट्लान्टिक स्पोर्ट्स म्यानेजमेन्टले एस.एस.डी. पोलीस्पोर्टइभेन्टि एस.आर.एल. नामक कम्पनिसंग सहकार्य गर्दै पाँच इटालियन प्रशिक्षकलाई नेपाल बोलाएको हो।
एस.एस.डी. पोलीस्पोर्टइभेन्टि एस.आर.एल. नामक संस्थालाई एसी मिलानले केहि वर्षका लागि आफ्नो नाम प्रवर्द्धन गर्न र मिलान क्याम्पको आयोजना गर्न स्वीकृति प्रदान गरेको छ। त्यसै अन्तर्गत ड्यानीएल पाक्काग्नानको नेतृत्वमा पाँच सदस्यीय इटालियन प्रशिक्षण टोली नेपाल आइपुगेको हो। ड्यानीएलसंगै निकोलस फस्सोली, पाउलो कार्ली, अन्द्रिए निकोली र डेभिड कोर्टिले खेलाडीहरुलाई ६ दिनसम्म प्रशिक्षण दिनेछन्।
इटालियन प्रशिक्षक टोलीसंगै नेपालका ‘बि’ लाइसेन्स प्राप्त प्रशिक्षकहरुले सहयोगीको भूमिका निभाउनेछन्। यससंगै विदेशी प्रशिक्षकहरुले नेपाली प्रशिक्षकसंग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको पनि म्यानेजिङ डाइरेक्टर हरि खड्काले जानकारी दिए। उनले प्रशिक्षकहरु नेपालमा पाएको स्वागतले थप हौसिएको पनि बताए। ‘उहाँहरु योभन्दा अघि २२ ठाउँमा पुगिसक्नुभएको रहेछ, तर नेपालमा मिलेको स्वागतले एकदम प्रभावित हुनुभएको बताउनुभयो’, खड्काले भने।
क्याम्पमा उत्कृष्ट प्रदर्शन गर्ने ३ खेलाडीले थप अवसर पाउने पनि कार्यक्रममा जानकारी दिइयो। कार्यक्रममा सम्पूर्ण सहभागी प्रशिक्षार्थीलाई एसी मिलानले उपलब्ध गराएको खेल सामग्री दिइने र केहि प्रशिक्षार्थीलाई विशेष पुरस्कारको पनि व्यवस्था गरिएको जानकारी दिइयो।
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]
March 22, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]