8 years ago
April 8, 2017
इलाम – नेपालको राष्ट्रिय टिमबाट खेल खेलिसकेका बिमल घर्ति मगर, विशाल श्रेष्ठ, कर्ण लिम्बु, बिक्रम लामा, अनन्त तामाङ, भारत खवास, जुमानु राईले तेश्रो अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप प्रतियोगितामा खेल्ने क्रममा इलाम र इलामको ठुलो टुँडिखेल चाखिसके। फाइनलिस्ट बनेका रमपम झापा ११का कर्ण लिम्बु र त्रिभुवन आर्मी क्लबका भारत खवास आजको फाइनल खेलमा आमनेसामना गर्दैछन्।
कर्णको सशक्त प्रहारसंग चिरपरिचित विकेश कुथुको भने इलाममा छुट्टै चर्चा छ। २३ वर्षपछि पहिलोपटक नेपाललाई अन्तराष्ट्रिय उपाधि जिताउने बंगबन्धु गोल्डकप प्रतियोगितामा उनै इलामेली नवयुग श्रेष्ठ र विकेश कुथुको जोडी जमेको थियो। भटाभट गोल गर्ने हिरो नवयुग थिए भने विकेश आफ्नो पोस्टमा आएका विपक्षी आक्रमण रोक्न व्यस्त हुन्थे । । विकेश र नवयुग दुवै त्रिभुवन आर्मीका खेलाडी हुन् र दुवै रुमपार्टनर पनि। संयोगवश नवयुगकै गृह जिल्लामा खेल खेल्न आउँदा टिममा नवयुग छैनन्। विकेश भन्छन,’नवयुगलाई धेरै मिस गरेको छु यतिबेला नवयुग घाइते त छदैं छन्,एनआरएन अष्ट्रेलियाको सम्मान ग्रहण गर्न उनि यतिबेला अष्ट्रेलिया पुगेका छन्।’
सिन्धुपाल्चोकको बाह्रबिसेमा विरेन्द्र र मिना कुथुले २४ वर्ष पहिले विकेशलाई धर्तीमा लोकार्पण गर्दा त्यो जोडीले कल्पना पनि गरेको थिएन, एक दिन विकेशले देशकै नाम राख्नेछ भनेर। व्यापारिक पृष्ठभुमिका कुथु परिवारको खेलप्रतिको लगाव उत्तिकै थियो। विकेशका दाई विएमले पनि राष्ट्रिय टिमबाट खेलिसकेका छन् भने उनका निनी रुप कुथु कुनै समयमा राष्ट्रिय खेलाडी थिए। बाह्रबिसेमै उच्च शिक्षा पुरा गरेर काठमाडौँ खाल्डोमा भविष्य खोज्न पुगेका विकेशलाई उतिनै बेला अमेरिका हानिने सोच आयो। साथी समिन महतको सल्लाह र सहयोगले उनि अमेरिका सपना त्यागेर सरस्वती क्लबसँग अनुबन्धित भए। सरस्वती पछि हिमालयन शेर्पा हुँदै उपेन्द्रमन सिंहको प्रेरणा र सहयोगले मध्यपुर थिमी हुँदै राष्ट्रिय टिममा २०६८ सालमा डेब्यु गरे।
कक्षामा सबैभन्दा अग्लो भएकोले गोलरक्षक बस्न साथीहरुले दिएको दवावले नै उनलाई गोलरक्षक बनाएको चाखलाग्दो कथा विकेश सुनाउँछन्। फुटबलका फ्यानहरुनै खेलको १२ औं खेलाडी भएको बताउदै कुथुले भने,’अरु खेलाडीले फ्यानलाई कस्तो रेप्सोन्स गर्नुहुन्छ थाहा छैन, तर मा सामाजिक सन्जालहरुमा सबैलाई रेस्पोन्स गर्छु। फ्यान नै नभए हामी कहाँबाट खेलाडी र।‘ खेल सकिनेबितिक्कै विकेश वरपर झुम्मिने भिडले यसवर्ष विकेशको चर्चा पुष्टि गरिरहेको छ। पुरुष भन्दा पनि धेरै महिला फ्यानहरुले घेरिएपनि चकलेटी हिरो विकेश फ्लर्ट गर्नेहरुलाई सुरुमै भन्ने गरेका छन्, ‘मेरो गर्लफ्रेण्ड अलरेडी छ, प्लिज माइण्ड नगरिदिनुहोला।’
आजको चियाबारी दैनिकबाट साभार
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]
March 22, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]