8 years ago
April 7, 2017
दिपक बोहोरा
इलाम– सिजनको सर्वाधिक सफल टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबसँग नकआउट फुटबलको उपाधि बराबरी गर्ने अन्तिम मौका त्रिभुवन आर्मी क्लबसँग छ । सिजनमा तीन उपाधि भित्राइसकेको आर्मीले शनिबार दिउँसो ठूलो टुडिखेलमा टुबोर्ग तेस्रो माईभ्याली गोल्ड कपमा रमपम झापालाई हराउन सके मनाङसँग बराबरी गर्नेछ । मनाङले यो सिजन चार उपाधि जितेको छ भने सिएमजी क्लब संकटा र आर्मीको नाममा समान ३ उपाधि छ ।
साविक विजेता समेत रहेको झापा ११ ले भने पुसमा मेची नेत्रालय काँकरभिट्टा गोल्ड कपको उपाधि जितेको थियो । आर्मीले पनि अन्तिम उपाधिका रुपमा पुसमा टुबोर्ग हेटौडा गोल्ड कप जितेको थियो । त्यसयता दुवैले अर्को उपाधि जितेका छैनन् । हेटौडाअघि आर्मीले चितवनमा नेपाल कप र दुबही गोल्ड कप जितेको थियो । पुसपछिका अधिकांश गोल्ड कपमा भाग लिए पनि आर्मी उपाधि जित्नबाट भने चुकिरहेको छ ।
जारी प्रतियोगिताकै दौरान कप्तान भरत खवास र गोलकिपर विकेश कुथु फर्केपछि टोली थप मजबुद भएको छ । चियाबारी राष्ट्रिय दैनिकको संयोजनमा शुक्रबार भएको पत्रकार सम्मेलनमा झापाका कप्तान प्रवेश कटुवालले पनि आर्मीको अग्रपक्ति मजबुद रहेको स्वीकारे । त्यसका वावजुद पनि उनले भने,‘ आर्मीको बलियो अग्रपक्ति भएपनि त्यसलाई चिर्दै हामी उपाधि जित्नेछौं ।’
आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पनि टोली फाइनलका लागि तयारी रहेको बताएका छन् । ‘झापा बलिायो टोली हो । फाइनल बराबरीको हुनेछ,’ उनले भने,‘ यद्दपी हामी उपाधि जित्ने उद्देश्यका साथ उत्रनेछौं ।’ लामो समयदेखि एकसाथ खेल्दै आएका खेलाडी सम्मिलित झापाको टोली मोफसलकै बलियो टोली मानिन्छ ।
माईभ्याली गोल्ड कपको फाइनलअघिको पोस्टम्याच कन्फ्रेस हरेक बर्ष अलग अलग सञ्चारमाध्यमले संयोजन गर्ने परम्परा छ ।
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]
March 22, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]