default_image

8 years ago

April 6, 2017

झापा माईभ्याली गोल्ड कपको उपाधि रक्षाको नजिक

85 views

0 Bookmark

दिपक बोहोरा
इलाम– अतिरिक्त समयमा विशाल राईले निर्णायक गोल गरेपछि रमपम झापा ११ टुबोर्ग माईभ्याली गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि रक्षाको नजिक पुगेको छ । नेपाल एपिएफ क्लबलाई आज १–० ले हराउँदै झापा प्रतियोगिताको फाइनल पुगेको छ । अब झापाले शनिबार हुने फाइनलमा त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आर्मी अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई हराउँदै अन्तिम दुईमा पुगेको थियो ।


इलामको ठूलो टुडिखेलमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल थप समयमा धकेलिएको थियो । थप १५ मिनेटको अन्तिम समयमा विशालले गोल गरेपछि झापालाई लगातार दोस्रो पटक फाइनल फाइनल पुगेको थियो । रोजिन धिमालको फ्रिकिकमा आएको बलमा विशालले गोल गरेका थिए ।
गत बर्ष फाइनलमा एपिएफलाई हराएर विजेता बनेको झापाले यसपटक सेमिफाइनलमै सोही टोलीलाई पाखा लगाएको छ । फाइनलमा भने टोलीले यो बर्षको सफल टोली मध्येको एक आर्मीको सामना गर्नेछ । आर्मी जारी सिजनको चौथो नकआउट उपाधि जित्ने दाउमा छ भने झापाले दोस्रो उपाधिका लागि प्रयास गर्नेछ । झापाले मेची नेत्रालय काँकरभिट्टा गोल्ड कपको उपाधि जितेको थियो । त्यहाँको फाइनलमा झापाले एपिएफलाई २–० ले हराएको थियो ।
आर्मीले भने यो सिजन नेपाल कप, दुबही गोल्ड कप र पुसमा हेटौडा गोल्ड कप जितेको थियो । पुसयता भने आर्मीले कुनै उपाधि जितेको छैन । झापाले पनि पछिल्लो पटक पुसमा नै काकरभिट्टा गोल्ड कप जितेको थियो ।
इलाम जिल्ला फुटबल संघ र माईभ्याली फुटबल क्लबले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख र दोस्रो टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

March 23, 2025

चर्च ब्वाइज तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। नेपाल पुलिस क्लबललाई आज टाइब्रेकरमा ४-३ ले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो। बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्डकपको पहिलो खेलमा पराजित भएको छ । आईतवार भएको खेलमा लिग विजेता चर्च व्वाईजले पुलिसलाई […]

March 23, 2025

एपिएफ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल एपिएफ फुटबल क्लब बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक रुपन्देही ११ लाई आइतवार १-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । हिजो खेल स्थगित हुँदा लिएको १-० को अग्रतालाई जोगाउन एपिएफ सफल रह्यो। शनिवार हावाहुरीका कारण दोस्रो हाफ हुन सकेन । आज रोकिएकै अवस्थाबाौ […]

March 22, 2025

एपिएफ महिला फुटबल च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]

Success

Thank you for your time.