8 years ago
April 5, 2017
लण्डन (एजेन्सी)- चेल्सीले आज घरेलु मैदानमा प्रिमियर लिग अन्तर्गतको खेलमा चौथो स्थानको म्यानचेस्टर सिटीलाई निम्त्याउदै छ । आफुलाई लिग जित्ने होडमा राख्नको लागि आज सिटीलाई पहिलो स्थानमा रहेको चेल्सीलाई पराजित गर्ने पर्ने दबाब रहेको छ । खेल नेपाली समय १२:४५बजे सुरु हुनेछ।
दोस्रो स्थानमा रहेको स्पर्सभन्दा ७ अंकले अगाडी रहेको चेल्सीको लागी आज हुने खेलमा उपाधिको दाबेदार मध्यको एक म्यानचेस्टर सिटीलाई पराजित गरेर उपाधितर्फ एक पाइला अगाडी बढाउने सोचका साथ घरेलु दर्शकको अगाडी उत्रिने छ। आज हुने खेलमा चेल्सीका डिएगो कोस्टा गोल गर्नै पर्ने दबाबमा छन्, उनले पछिल्लो ५ लिग खेलमा गोल गर्न सकेका छैनन्। घरेलु टोलि आजपनि चोटग्रस्त भिक्टर मोजेस बिनानै मैदानमा उत्रिने प्रबल सम्भावना रहेको छ।
चेल्सीभन्दा १ खेल कम खेलेको सिटी पहिलो स्थानबाट ११ अंक पछाडी रहेकोले आफ्नो उपाधि यात्रा जीवित राख्नको लागि आज जित्ने पर्ने दबाबमा रहेको छ। सिटीका रक्षक बकारी सान्या चोटका कारण खेल्न सक्ने नसक्ने अझैपनि अन्योलनै रहेको छ। यी दुई टोलीको अघिल्लो लिग खेलमा चेल्सीले घरमा खेलेको सिटीलाई ३-१ले पराजित गरेको थियो।
March 23, 2025
सुमन अधिकारी, बुटवल सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। नेपाल पुलिस क्लबललाई आज टाइब्रेकरमा ४-३ ले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो। बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्डकपको पहिलो खेलमा पराजित भएको छ । आईतवार भएको खेलमा लिग विजेता चर्च व्वाईजले पुलिसलाई […]
March 23, 2025
सुमन अधिकारी, बुटवल एपिएफ फुटबल क्लब बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक रुपन्देही ११ लाई आइतवार १-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । हिजो खेल स्थगित हुँदा लिएको १-० को अग्रतालाई जोगाउन एपिएफ सफल रह्यो। शनिवार हावाहुरीका कारण दोस्रो हाफ हुन सकेन । आज रोकिएकै अवस्थाबाौ […]
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]