default_image

8 years ago

April 5, 2017

आर्मी माईभ्याली गोल्ड कपको फाइनलमा, पुलिस बाहिरियो

89 views

0 Bookmark

दिपक बोहोरा
इलाम – त्रिभुवन आर्मी क्लब जारी सिजनमा नकआउट फुटबल प्रतियोगिताको चौथो उपाधि नजिक पुगेको छ । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई बुधबार २–० ले हराउँदै आर्मी इलाममा जारी टुबोर्ग तेस्रो माईभ्याली गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।


टंक बस्नेत र सन्तोष तामाङको गोलमा आर्मीले अन्तिम दुईको यात्रा तय गरेको थियो । क्वार्टरफाइनलमा सिजनको सर्वाधिक सफल टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई स्तब्ध बनाएको पुलिस विभागिय डर्बीमा भने कमजोर देखियो । अब आर्मीले अर्को विभागिय टोली नेपाल एपिएफ र रमपम झापा ११ को विजेतासँग शनिबार फाइनल खेल्नेछ ।
ठूलो टुडिखेलमा मंगलबारको पहिलो सेमिफाइलनमा पहिलो हाफमा टंकले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । टंकले ४२ औं मिनेटमा गोल गरेका थिए । सन्तोषले ७३ औं मिनेटमा गोलअन्तरलाई दोब्बर पारे । रिबाउन्डमा प्राप्त बलमा सन्तोषले गोल गरेका थिए । म्यान अफ दी म्याच घोषित आर्मीका विमल पाण्डेले ७ हजार रुपैयाँ प्राप्त गरे ।


माईभ्यालीको उपाधि जिते आर्मीले सर्वाधिक सफल टोली मनाङसँग बराबरी गर्नेछ । यो सिजन आर्मीले चितवनमा नेपाल कप, दुबही गोल्ड कप र त्यसपछि पुसमा हेटौडा गोल्डकपको उपाधि जितेको थियो । त्यस्तै गत साता राजर्षि जनक कपको उपाधि जितेको मनाङले त्यसअघि सुदूरपश्चिम खप्तड गोल्ड कप, आहा गोल्ड कप र रमपम गोल्डकप जितेको थियो ।
इलाम जिल्ला फुटबल संघ र माइभ्याली फुटबल क्लबको संयुक्त आयोजनामा जारी माईभ्याली गोल्ड कपको विजेताले उपाधिसहित ४ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

माईभ्याली गोल्ड कपमा बिहीबारको दोस्रो सेमिफाइनल
नेपाल एपिएफविरुद्ध झापा ११

March 25, 2025

‘मलेसियाको गतिविरुद्ध खेल्न सकेनौं’ – प्रशिक्षक रस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]

March 25, 2025

नेपाल मलेसियासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]

March 25, 2025

मच्छिन्द्र तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]

Success

Thank you for your time.