8 years ago
April 5, 2017
दिपक बोहोरा
इलाम – टुबोर्ग तेस्रो माईभ्याली गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा दुई विभागिय टोलीबीच भिडन्त हुँदैछ । यसपटक माईभ्याली गोल्डकपमा सेमिफाइनलमा तीनै विभागिय टोली र रमपम झापा ११ ले स्थान सुरक्षित बनाएका थिए ।
ठूलो टुडिखेलमा हुने सेमिफाइनलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले एकअर्काको सामना गर्दैछन् । दुई टोलीबीचको तुलाना गर्ने हो भने यो सिजन आर्मीले बढी सफलता प्राप्त गरेको छ । राजधानीमा फुटबल प्रतियोगिता शून्यका अवस्थामा रहँदा आर्मी र पुलिसले मोफसलका अधिकांश प्रतियोगितामा हिस्सा लिएका छन् ।
ती मध्ये आर्मीले तीन उपाधि जित्दा पुलिसले भने एउटा उपाधिमा मात्र चित्त बुझाउनु परेको छ । चितवनमा नेपाल कप, दुहबी गोल्ड कप र पुसमा हेटौडा गोल्ड गोल्ड कप जितेयता आर्मीले कुनै उपाधि जितेको छैन । उता पुलिसले बर्षको एकमात्र उपाधिका रुपमा गत महिना बुढासुब्बा गोल्ड कपको उपाधि जितेको थियो ।
जारी प्रतियोगितामा भने पुलिसले चार उपाधि जितेको सिजनको सर्वाधिक सफल टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई क्वार्टरफाइनलमा १–० ले हराएको थियो । पुलिसले त्यसअघि आयोजक माईभ्याली फुटबल क्लबलाई ३–० ले हराएको थियो । आर्मीले भारतको कञ्चनजंगा फुटबल क्लब सिलगुढीलाई २–१ ले निराश पार्दै अन्तिम चारमा पुगेको थियो ।
आजको खेलको विजेताले झापा र नेपाल एपिएफको विजेतासँग शनिबार फाइनल खेल्नेछ । दोस्रो सेमिफाइनल बिहीबार हुनेछ । इलाम जिल्ला फुटबल संघ र माईभ्याली फुटबल क्लबले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]
March 25, 2025
सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]