default_image

8 years ago

April 5, 2017

रोहित स्मार्ट सेलको ब्रान्ड एम्बेसडर

89 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – व्यवसायिक खेल जीवनको नयाँ यात्राका लागि इन्डोनेसिया निस्कनुअघि नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द स्मार्ट सेलको ब्रान्ड एम्बेसडर बनेका थिए । एक बर्षे सम्झौता अनुसार उनीले स्मार्ट सेटको व्यवसायिक प्रवद्र्धन गर्ने बताइएको छ ।

 rohit

यद्दपी दुईपक्षको सम्झौता रकम भने गोप्य राखिएको छ । स्मार्ट सेलका चिफ कमर्सियल अफिसर नागेन्द्र दास र चिफ अफ एडिमनका साजिन राजभण्डारीको उपस्थितिमा शुक्रबार रोहितलाई ब्रान्ड एम्बसडर घोषणा गरिएको थियो ।

चोटका कारण झन्डै एक बर्ष मैदान बाहिर रहेका रोहितले दुई महिनाअघि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबबाट फुटबलमा पुनरागमन गरेका थिए । घरेलु फुटबलमा उच्च प्रदर्शन गरेसँगै उनले राष्ट्रिय टोलीमा पनि पुनरागमन गरेका छन् ।

एसियन कप छनोटअन्तर्गत चैत १५ गते फिलिपिन्सविरुद्धको समूह चरणको खेलबाट फर्के लगत्तै उनी ट्रायलका लागि इन्डोनेसिया पुगेका हुन् ।

इन्डोनेसियाको पर्सिजा जकार्तामा प्रशिक्षण गरिरहेका रोहितको सम्झौताका बारेमा केही दिनमा टुंगो लग्न सक्ने उनका दाजु रविन्द्रले जानकारी दिए । पर्सिजाबाट उनी यसअघि पनि खेलिसकेका छन् ।

March 25, 2025

‘मलेसियाको गतिविरुद्ध खेल्न सकेनौं’ – प्रशिक्षक रस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]

March 25, 2025

नेपाल मलेसियासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]

March 25, 2025

मच्छिन्द्र तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]

Success

Thank you for your time.