8 years ago
April 5, 2017
मड्रिड (एजेन्सी) – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल मड्रिडले आज लेगानेसको सामना गर्दै छ । अघिल्लो खेलमा अलाभेसलाई ३–० ले हराएको रियलको दोस्रो स्थानमा रहेको बार्सिलोनाको भन्दा २ अंक बढी छ ।
यहि सिजन ला लिगामा बढुवा भएको लेगानेस स्पेनको उच्च डिभिजनको हैसियत जोगाउने प्रयासमा छ । अंक तालिकाको १७ औं स्थानमा रहेको टोलीको रेलिगेसन क्षेत्रमा रहेको स्पोर्टिंङ गिजोनको भन्दा ५ अंक बढी छ ।
रियलका राफियल भरान अघिल्लो साता इन्जुरीबाट फर्किएपनि १० मिनेटमा पुनः घाइते भएका थिए । उनी कम्तीमा१ महिना बाहिर रहने बताइएको छ । उनले एटलेटिको , बार्सिलोना र बायर्नसँगको खेल गुमाउने अनुमान गरिएको छ ।
भरान बाहेक भने जिनेदिन जिदानको टोलीमा चोटको समस्या छैन । लेगानेसले अहिलेसम्म रियलसँगका सबै तीन खेलमा हार बेहोरेको छ । रियललाई घरेलु मैदानमा निम्त्याउँदा टोली पहिलो जितको खोजीमा हुनेछ ।
January 16, 2025
अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]
January 16, 2025
काठमाडौं(हाम्राे खेलकुद) – एन्फा यु १६ युथ लिगमा बिहीवार थ्री स्टार क्लब र संकटा क्लबले जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले मछिन्द्र क्लब तथा संकटाले विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम […]
January 16, 2025
हिमाल खरेल, बिर्तामोड झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको […]