8 years ago
April 5, 2017
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले आज घरेलु मैदानमा स्पेनिस ला लिगाअन्तर्गतको खेलमा चौथो स्थानको सेभिल्लालाई निम्त्याउदै छ । ला लिगाको अघिल्ला ८ खेलमध्ये ७ खेले जितेको बार्सिलोना केही सयमका लागि भएपनि अंकतालिकाको शीर्षस्थानमा पुग्ने योजनामा हुनेछ ।
अघिल्लो खेल प्रतिबन्धले गुमाएका मेस्सी सेभिल्लाविरुद्ध खेल्न पाउनेछन्
शीर्षस्थानको रियल मड्रिडभन्दा १ खेल बढि खेलेको बार्सिलोना अहिले २ अंकले पछि छ । त्यस्तैले कुनै अंक नगुमाउँदै रियललाई दबाबमा राख्ने बार्सिलोनाको प्रयास हुनेछ । सेभिल्ला पनि तेस्रो स्थानको एट्लेटिको मड्रिड भन्दा ३ अंकले पछाडि छ ।
पाचँ पहेलो कार्डको कारण अघिल्लो खेल प्रतिबन्धमा रहेका लियोन मेस्सीले आजको खेलमा पुनरागमन गर्नेछन् । ग्रानाडासँगको खेलमा घाइते भएका राफिना भने आज खेल्ने छैननर् ।
त्यस्तै ग्रानाडासँग वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका आन्द्रे इनियेस्टाले पनि लुइस एनरिकेको टोलीमा स्थान पाउन सक्ने छन् । पाहुना टोली सेभिल्लाले ला लिगामा बार्सिलोनासँगको अघिल्लो १९ भिडन्तमा १ खेल मात्र जितेको छ । ४ खेलमा बराबरी गरेको सेभिल्लाले १४ खेलमा हार बेहोरेको छ ।
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]