default_image

10 years ago

October 7, 2015

बिशाल राई चम्के पछी मनाङले झापालाई हरायो

137 views

0 Bookmark

काठमाडौं, असोज २० गते ।

आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको खेल मा मनाङ मर्स्याङ्दी क्लबले झापा ११ ला३-२ ले पराजित गरेको छ ।  झापाले राष्ट्रिय लिग पुन:सुचारु भए पछी झापाले पहिलो चोटी काठमाडौंमा खेलेको हो, यो यो हारले झापाको लिग जित्ने दाउमा ठुलो धक्का भएको छ । मनाङको लागि दुई गोल बिशाल राईले र एक गोल अनिल गुरुङले गरेका थिए  भने झापाको लागि कर्ण लिम्बु र योगेश गुरुङले गोल गरे । 

Bisal Rai Man of the Match

झापा र मनाङ दुबै टोली उपाधिका दबेदार हुन र दुबै टोली जित आत्मासात गर्ने बिश्वासका साथ मैदानमा उतृएको थियो । खेल सुरुबाट नै ५०-५० देखियो थियो र सो क्रम अन्त सम्मनै जारी रह्यो । खेलको पहिलो गोल १८औं मिनटमा कर्ण लिम्बुले गरे सो पश्चात पहिलो हाल्फमा दुबै टोलिले गोल गर्ने मौका पाए पनि सदुपायोग गर्न सकेनन ।

दोस्रो हाल्फ सुरु हुने बितिक्कै झापा केहि लयमा देखिए पनि ५८औं मिनटमा दिपक राइले गोल गर्दै मनाङलाई बराबरीमा पुराए र त्यस्को १३ मिनट पछीनै अनिल गुरुङको पासमा गोल गर्दै बिशाल राईले मनाङलाई २-१ को आग्रता दिलाए । मनाङको आग्रता धेरैबेर टिक्न सकेन र खेल अन्त्य हुनु भन्दा ६ मिनट अगाडी योगेश गुरुङले गोल गरेपछी खेल बराबरीमा सकिने सम्भावना बढेको थियो । ९० मिनट पछी थपिएको ५ मिनटमा अनिल गुरुङले अन्तिम मिनटमा गोल गर्दै मनाङको लागि ३ अंक सुनिस्चित गरे ।

खेलको म्यान अफ द म्यात्च बिशाल राई भए ।

May 1, 2025

बार्सिलोना र इन्टरको बराबरी

एजेन्सी – बार्सिलोना र इन्टरले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन्। एस्टादी ओलिम्पिक लुइस कम्पनीस बुधवार भएको रोमान्चक खेल ३-३ को बराबरी सकिएको थियो।मंगलवार पहिलो सेमिफाइनलमा पेरिस सेन्ट-जर्मेनले‌ आर्सनललाई १-० ले हराएको थियो। तर बार्सिलोना र इन्टरबीचको पहिलो लेग रोचक र प्रतिस्पर्धात्मक रह्यो । पहिलो हाफमा ४ हुँदा बराबरीमा खेल टुंगियो । बार्सिलोनाले […]

May 1, 2025

अल नासर च्याम्पियन्स लिगको सेमिफाइनलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको साउदी क्लब अल नासर एसियाली च्याम्पियन्स लिग एलिटको सेमिफाइनलमा जापानी क्लब कावासाकी फ्रन्टेलसँग पराजित भएको छ । जेद्दाहमा बुधबार भएको सेमिफाइनलमा कावासाकीले अल नासरलाई ३-२ ले पराजित गर्यो । नासरले खेलको अन्त्यतिर लगातार अवसर सिर्जना गरेपनि खेलमा बराबरी गर्न नसक्दा फाइनल पुग्ने अवसर गुमायो । […]

April 30, 2025

बार्सिलोना र इन्टर भिड्दै

एजेन्सी – च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेग बार्सिलोना र इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार आज राति १२:४५ बजे सुरु हुनेछ। रियल म्याड्रिडलाई हराउँदै कोपा डेल रे उपाधि जितेपछि बार्सिलोना आज राति मोन्टजुइक ओलम्पिक स्टेडियममा इन्टर मिलानविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग खेल्न मैदान उत्रन लागेको हो। रियललाई हराएपछि बार्सिलोना अहिले उत्साही र […]

Success

Thank you for your time.