default_image

8 years ago

April 4, 2017

संकटालाई हराउँदै एपिएफ माईभ्याली गोल्ड कपको सेमिफाइनलमा

92 views

0 Bookmark

दिपक बोहोरा

इलाम– राष्ट्रिय टोलीका चार खेलाडी उतारेपनि जारी सिजनको सफल क्लबमध्येको एक सिएमजी क्लब संकटा माईभ्याली गोल्ड कपको आफ्नो पहिलो खेलमै स्वब्ध भएको छ । राष्ट्रिय टोलीका विमल घर्तीमगर, अनन्त तामाङ, विक्रम लामा र गोलकिपरलाई आफ्नो जर्सीमा उतारेपछि मंगलबार संकटा ए डिभिजन प्रतिद्वन्दी नेपाल एपिएफ क्लबसँग १–० ले पराजित भएको छ ।

जितसँगै एपिएफ सेमिफाइनल पुगेको छ । म्याईभ्यालीको सेमिफाइनलमा चारमध्ये तीन विभागिय टोली अन्तिम चार पुगेका छन् । त्यसबाहेक रमपम झापा ११ सेमिफाइनल पुगेका छ । पहिलो हाफमा नबिन लामाले गरेको एक गोलनै सशस्त्र प्रहरीको लागि सेमिफाइनल पुग्नको लागि पर्याप्त रह्यो ।

खेलको १७ औं मिनेटमा संकटाका अमित तामाङले ब्याक पास दिन खोज्दा गल्ती गरेपछि त्यसको फाइदा उठाउँदै एपिएफका नविनले गोल गरेका हुन् । नवीननै खेलको म्यान अफ दी म्याच घोषित भए । अब एपिएफले सेमिफाइनलमा बिहीबार झापा ११ को सामना गर्नेछ ।

apf-club-my-valley

यो हारसँगै संकटा जारी सिजन सर्वाधिक ४ उपाधि जित्ने लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीसँग बराबरी गर्नबाट चुकेको छ । संकटाले चितवनमा विकास रनिङ शिल्ड, रुस्लान सिमरा गोल्डकप र तिलोत्तमा गोल्डकप जितेको थियो ।

nabin-lama-man-of-the-match

इलाम जिल्ला फुटबल संघ र माइभ्याली फुटबल क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले ४ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यमाहाको १ सय ५० सिसीको मोटरसाइकल प्राप्त गर्नेछन् ।

माईभ्याली गोल्ड कपमा मंगलबारको पहिलो सेमिफाइनल
त्रिभुवन आर्मीविरुद्ध नेपाल पुलिस

March 29, 2025

ललितपुरलाई पहिलो हाफमै २ गोलको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो हाफमै काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता लिएको छ । पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका […]

March 29, 2025

एनएसएल सुरु हुँदै – दुई विजेता खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आज सुरु हुँदैछ। संयोग पहिलो संस्करणमा जस्तै यसपटक पनि ललित सिटी एफसी र काठमाडौं रजर्सबीच उद्घाटन खेल हुँदैछ। ललितपुर साविक विजेता र रेजर्स पहिलो संस्करणको विजेता हो। यी दुई‌टोली‌ बीच अघिल्ला दुवै संस्करणमा समान २ पटक भेट भएको थियो। ४ मध्ये रेजर्सले ३ र ललितपुरले […]

March 29, 2025

बुटवलमा महिला फुटबल हुने

बुटवल (हाम्रो खेलकुद)- रुपन्देहीमा प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना चैत २३ गते सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। एसियन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक तथा बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा नेपाल र भारतको १ सहित ८ टोलीको सहभागिता […]

Success

Thank you for your time.