8 years ago
April 4, 2017
बार्सिलोना (एजेन्सी)- स्पेनको तेस्रो डिभिजनको खेलमा बार्सिलोनाको रिजर्भ टोलीसँग १२–० को लज्जास्पद हार बेहोरेपछि एल्डेन्सले खेलकुदका कुनै पनि गतिविधिमा भाग नलिने निर्णय सार्वजनिक गरेको छ ।
यसै सिजनको खेलमा बार्सिलोनाको रिजर्भ टोलीसंग घरेलु मैदानमा १–० को पराजय भोगेको टोलीले सेगुन्डा डिभिजन ‘बी’ को तेस्रो समूहको खेलमा बार्सिलोनामा १२–० को लज्जास्पद हारको सामना गर्नु परेको छ ।
गत सिजन लिगमा बार्सिलोना ‘बी’ भन्दा माथि सिजन अन्त्य गरेको एल्डेन्स यो सिजन ६ खेल बाँकी रहदा समूहको पुछारमा छ । आफु भन्दा १ स्थान माथि रहेको एथलेटिको लेभान्टेसँग भन्दा एल्डेन्स १६ अंकले पछाडि छ ।
एल्डेन्सको पराजय स्पेनिस तेस्रो डिभिजनको इतिहासमा सबै भन्दा ठूलो अन्तरको हारमा पर्दछ । बार्सिलोना ‘बी’ भने समूहको शीर्षस्थानमा छ ।
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]