8 years ago
April 4, 2017
दिपक बोहोरा
इलाम – राष्ट्रिय टोलीका चार खेलाडी टुबोर्ग माईभ्याली गोल्ड कप फुटबल प्रतियोगिताको आज हुने अन्तिम क्वार्टरफाइनलमा सिएजमी क्लब संकटाबाट खेल्दैछन् । नेपाल एपिएफविरुद्ध हुने खेलमा विमल घर्तीमगर, अनन्त तामाङ, विक्रम लामा र गोलकिपर विशाल श्रेष्ठ संकटाको जर्सीमा उत्रनेछन् । विशालबाहेक तीन जना पहिलो पटक संकटाको जर्सी लगाउँदैछन् ।
गत साता फिलिपिन्सविरुद्ध एसियन कप छनोट खेलेपछि यी चार खेलाडी पहिलो पटक मैदान ओर्लदैछन् । चैत १५ मा फिलिपिन्ससँगको खेल नेपालले ४–१ ले गुमाएको थियो । २०७२ को फागुनमा राष्ट्रिय लिगको समाप्तीसँगै क्लबसँग खेलाडीको सम्झौता टुंगिएको थियो । त्यस कारण पनि लगभग हरेक नकआउट प्रतियोगितामा क्लबहरुले फरक फरक खेलाडीलाई उतारेको उदाहरण छ ।
रुस्लान थ्री स्टारबाट राष्ट्रिय लिग खेलेका विक्रम पछिल्लो समय लक्ष्मी हुन्डाई मनाङबाट खेलेका थिए । त्यस्तै चोटमुक्त भएर फर्केपछि अनन्तले सिमराको जनजागृति क्लबबाट एक खेल खेले । विमलले केही महिनाअघि अग्नी रुपन्देही ११ बाट सुरुगां गोल्ड कप खेलेका थिए ।
फिलिपिन्सबाट फर्केपछि चारै खेलाडीले खासै अभ्यास गर्न पाएका छैनन् । केहि दिनअघि मात्र इलाम पुगेका उनीहरुले हिजो यहाँको प्रतिकुल मौसमका कारण अभ्यास गर्न पाएनन् । संकटा यो सिजन सफल क्लब मध्ये पर्दछ । यो सिजन मनाङपछि सफल टोलीमा संकटा र त्रिभुवन आर्मी क्लब पर्दछन् । मनाङले चार तथा संकटा र आर्मीले समान ३ नकआउट उपाधि जितेका छन् । संकटाले विकास रनिङ शिल्ड, सिमरा गोल्ड कप र तिलोत्तमा गोल्ड कप जितेको थियो ।
अर्कोतर्फ पुसमा सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेयता एपिएफको प्रदर्शन कमजोर रहँदै आएको छ । चोटका कारण राष्ट्रिय टोलीका सदस्य रहेका एपिएफका आदित्य चौधरी, रञ्जन विष्ट आज संकटाविरुद्ध उत्रने सम्भावना कम रहेको बताइएको छ ।
आजको खेलको विजेताले सेमिफाइनलमा झापा ११ को सामना गर्नेछ । झापासँगै आर्मी र पुलिस यसअघि नै प्रतियोगिताको सेमिफाइनल पुगिसकेका छन् । इलाम जिल्ला फुटबल संघ र माइभ्याली फुटबल क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो हाफमै काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता लिएको छ । पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आज सुरु हुँदैछ। संयोग पहिलो संस्करणमा जस्तै यसपटक पनि ललित सिटी एफसी र काठमाडौं रजर्सबीच उद्घाटन खेल हुँदैछ। ललितपुर साविक विजेता र रेजर्स पहिलो संस्करणको विजेता हो। यी दुईटोली बीच अघिल्ला दुवै संस्करणमा समान २ पटक भेट भएको थियो। ४ मध्ये रेजर्सले ३ र ललितपुरले […]
March 29, 2025
बुटवल (हाम्रो खेलकुद)- रुपन्देहीमा प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना चैत २३ गते सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। एसियन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक तथा बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा नेपाल र भारतको १ सहित ८ टोलीको सहभागिता […]