8 years ago
April 3, 2017
दिपक बोहोरा
इलाम – घरेलु फुटबलमा यो सिजनको सर्वाधिक सफल टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले आज अर्को उपाधि यात्राको प्रारम्भ गर्दैछ । इलाममा जारी टुबोर्ग तेस्रो माईभ्याली गोल्ड कपको तेस्रो क्वार्टरफाइनलमा मनाङले आज ए डिभिजन प्रतिद्वन्द्वि नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
मनाङ र पुलिस (तल) । फाइल तस्बिर
केही बर्षअघि सम्म घरेलु फुटबलमा सबै खाले फुटबलको दाबेदार रहने गरेको पुलिस पछिल्लो समय भने कमजोर रहँदै आएको छ । टोलीले यो सिजनमा एउटा मात्र उपाधि जित्न सकेको छ । पुलिसले गत महिना धरानमा भएको १९ औं बुढासुब्बा गोल्ड कपको उपाधि जितेको थियो ।
अर्कोतर्फ मनाङले भने यो बर्ष सबैभन्दा बढी यो सिजन चार वटा उपाधि जितिसकेको छ । सुदूरपश्चिमाञ्चलमा माघको पहिलो साता सुदूरपश्चिम खप्तड गोल्ड जित्दै उपाधि यात्रा सुरु गरेको मनाङले त्यसपछि लगातार आहा रारा गोल्डकप र रमपम झापा गोल्डकपको उपाधि जितेको थियो ।
टोलीका नियमित ८ खेलाडी विना पनि टोली गत साता सर्लाहीमा राजर्षि जनक कप जितेको थियो । अहिले राष्ट्रिय टोलीको जिम्मेवारी पुरा गरेर ८ खेलाडी टोलीमा फर्किसकेका छन् । त्यसैले टोली गत साता भन्दा थप बलियो भएको छ । अर्को तिर पुलिस पुरानो छवि फर्काउने प्रयासमा हुनेछ । मनाङ माईभ्याली गोल्डकप जिते बर्षको पाँचौं उपाधि जित्ने तयारीमा हुनेछ ।
इलाम जिल्ला फुटबल संघ र माइभ्याली फुटबल क्लबलको संयुक्त आयोजनामा जारी प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र झापा सेमिफाइन पुगिसकेका छन् । अर्को क्वार्टरफाइनलमा भोली सिएमजी क्लब संकटा र एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो हाफमै काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता लिएको छ । पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आज सुरु हुँदैछ। संयोग पहिलो संस्करणमा जस्तै यसपटक पनि ललित सिटी एफसी र काठमाडौं रजर्सबीच उद्घाटन खेल हुँदैछ। ललितपुर साविक विजेता र रेजर्स पहिलो संस्करणको विजेता हो। यी दुईटोली बीच अघिल्ला दुवै संस्करणमा समान २ पटक भेट भएको थियो। ४ मध्ये रेजर्सले ३ र ललितपुरले […]
March 29, 2025
बुटवल (हाम्रो खेलकुद)- रुपन्देहीमा प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना चैत २३ गते सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। एसियन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक तथा बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा नेपाल र भारतको १ सहित ८ टोलीको सहभागिता […]